२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिड्नीको स्वास्थ्यका लागि फाइदाजनक ५ आहार

किड्नीको स्वास्थ्यका लागि फाइदाजनक ५ आहार


धेरै कारणले मिर्गौला सम्बन्धि रोग लाग्न सक्छ । सन्तुलित पौष्टिक आहारले स्वास्थ्य जीवनशैलीको विकासमा मद्दत पुर्‍याउँछ । लामो समयदेखिको मिर्गौला पीडितहरुलाई स्वस्थ रहन र मिर्गौलालाई थप क्षति हुनबाट बचाउन धेरै कुरामा ध्यान दिन आवश्यक छ ।

सन्तुलित आहार यसमध्ये एक प्रमुख उपाय हो । मिर्गौलाको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्ने केही प्रमुख आहारहरु यस प्रकारका छन् ।

१. जामुन
जामुनमा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मिर्गौलालाई क्षति हुनबाट बचाउँछ । जामुनमा पोटासियम पनि हुन्छ । जसले मिर्गौलाको पत्थरीको जोखिम कम गर्न मद्दत गर्छ ।

२. भेडे खुर्सानी
भेडे खुर्सानी भिटामिन ‘सी’को राम्रो स्रोत हो । यसमा लाइकोपीन हुन्छ, जुन एन्टिअक्सिडेन्ट हो । जसले सुनिएको मिर्गौलालाई कम गर्छ ।

३. ब्रोकाउली
ब्रोकाउलीमा फाइबर, पोटासियम, म्याग्नेसियम, विभिन्न प्रकारको भिटामिनहरु र खनिज पाइन्छ । यी सबै स्वास्थ्यको लागि महत्वपुर्ण छ । यसले मिर्गौलालाई क्षति हुनबाट बचाउँछ, सुन्निन दिँदैन् ।

४. गाढा पात भएको साग
गाढा पात भएको सागहरु जस्तैः रायको साग, पालक हुन् । यिनीहरुमा क्याल्सियम, फाइबर र म्याग्नेसियम उच्च हुन्छ । क्याल्सियमले अक्सालेटले पत्थर बन्नबाट रोक्दछ । यसमा भिटामिन र खनिजहरु पनि हुन्छन्, जसले मिर्गौलालाई राम्रोसँग काम गर्न मद्दत गर्छ ।

५. स्याउ
स्याउमा पनि फाइबर र एन्टीअक्सिडेन्टहरु धेरै हुन्छ । एन्टीअक्सिडेन्ट मिर्गौला स्वास्थ्यका लागि राम्रो हुन्छ । स्याउमा पाइने पेक्टिनले शरीरमा सुनिएको कम गर्छ र मिर्गौलाको पत्थरीको जोखिम पनि कम गर्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ