२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्यान्सरका बिरामीमा देखिने ६ लक्षणहरू

क्यान्सरका बिरामीमा देखिने ६ लक्षणहरू


क्यान्सर भनेको शरीरको कुनै पनि भागमा मासु पलाएर त्यसको आकार ठूलो हुँदै जानु हो । क्यान्सर शरीरको कुनै पनि भाग वा अंगमा हुन सक्छ ।

अंगअनुसार लक्षणहरु पनि फरक–फरक हुन्छन् । केही प्रमुख लक्षणहरु जुन देखिएपछि शरीरमा क्यान्सर भएको अनुमान गर्न सकिन्छ ।

लामो समयदेखिको घाउ
सामान्यतयाः घाउ चाँडै निको हुन्छ । तर, घाउ आएको वा भएको लामो समयसम्म निको भएको छैन भने त्यो घाउ क्यान्सरको लक्षण हुन सक्छ ।

लामो समयदेखिको खोकी
खोकी पनि सामान्यतयाः चाँडै र औषधि खाँदा निको हुन्छ । लामो समयसम्म निको भएको छैन भने क्यान्सर भएको हुन सक्छ ।

धेरै पेट दुख्नु
पेटमा हुने क्यान्सरको लक्षण धेरै पेट दुख्नु हो । धेरै पेट दुख्दा हामी ग्यास्ट्रिक सम्झेर ग्यास्ट्रिकको औषधी खान्छौं । तर, अत्याधिक पेट दुख्नु ग्यास्ट्रिक नभएर पेटमा क्यान्सर भएको हुन सक्छ ।

आँखामा जन्डिस हुँदा
आँखा चिलाउँदा वा पहेंलो हुँदा जन्डिस भएको हुन सक्छ र जन्डिसको धेरै कारणहरुलाई हेर्दा आँखामा क्यान्सर भएको हुन सक्छ ।

दिशामा रगत हुनु
दिशामा रगत देखिनु पेटको क्यान्सरको प्रमुख लक्षण हो । रोकथामको लागि समयमै चेकअप र उपचार गर्न जरुरी छ ।

गिर्खा (डल्लो)
शरीरको कुनै पनि भागमा गिर्खा आउन सक्छ । क्यान्सरको धेरै लक्षणहरुमध्ये एक गिर्खा हो ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ