२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यसिनामंगलमा स्लाभिका आईभीएफ केन्द्र संचालनमा

सिनामंगलमा स्लाभिका आईभीएफ केन्द्र संचालनमा


काठमाडौं—सिनामंगलमा स्लाभिका आईभीएफ केन्द्र संचालनमा आएको छ । बुधबारबाट विशेषज्ञ चिकित्सकहरुको एक टोलीले उक्त केन्द्र संचालनमा ल्याएको छ ।

केन्द्रमा हेमाटोलोजी, इन्डोक्राइन तथा सर्जिकल ओपीडी, मेडिकल, छाला रोग, स्त्री तथा प्रसुतिलगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

स्त्री तथा पुरुषमा हुने बाँझोपन सम्बन्धि उपचार हुने जानकारी संचालकहरुले दिएका छन् । केन्द्रमा आईयुआई, आईभीएफ, आईसीएसआई, एग/सिमेन/एम्ब्रीयो फ्रिजिङ/टिईएसए/टिईएसई रहेको र आफूहरु कहाँ इम्ब्रियो बायोस्पी सुविधासमेत रहेको केन्द्रका अध्यक्ष एवं इम्ब्रीयोलोजिष्ट डा. अजयजंग कुँवरले जानकारी दिए ।

डा. कुँवरकाअनुसार वंशाणुगत रोग सम्बन्धि सेवा, प्रि—इम्प्लान्टेसन जेनेटिक स्क्रीनिङ, भिडियो एक्स—रे, रगत सम्बन्धि सम्पूर्ण टेष्टहरुको सुविधा केन्द्रमा छ । सामाजिक उत्तरदायित्वअनुरुप वर्षमा विपन्न तथा पिछडिएका तीन जनालाई निःशुल्क आईभीएफ सेवा उपलब्ध गराउने पनि सेन्टरले जनाएको छ ।

संचालनको अवसर पारेर उसले साउनभर प्रसुति तथा बाँझोपन सम्बन्धि सबै परामर्शहरु निःशुल्क गरेको छ भने रगत सम्बन्धि जाँचहरुमा ३० प्रतिशत छुट प्रदान गर्नेछ ।

स्त्री तथा प्रसुति रोग तथा निःसन्तान रोग विशेषज्ञ डा. निकिता ढकाल, इम्ब्रीयोलोजिष्ट सम्झना फुँयाल र आनुशंसिक रोग विशेषज्ञ डा. निलम ठाकुरलगायतले केन्द्रबाट सेवा दिनेछन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ