२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेत्रज्योति संघ र ललितपुर महानगरबीच जेष्ठ नागरिकको घरमै आँखा उपचार गर्ने सम्झौता

नेत्रज्योति संघ र ललितपुर महानगरबीच जेष्ठ नागरिकको घरमै आँखा उपचार गर्ने सम्झौता


ललितपुर—नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुको निःशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौता—पत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपुर महानगरपालिकामा आयोजित ललितपुर महानगरपालिका र स्वास्थ्य सरोकारवाला संस्थाहरुबीच ‘जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुसँग महानगरपालिका कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र र महानगरिपालिकाका तर्फबाट महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।

महानगरपालिकाले विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा नगरभित्रका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको घरघरमै गएर विभिन्न समस्याहरुको परीक्षण गर्नेछ । संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रकाअनुसार महानगरको उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्नेछ ।

उक्त सम्झौैता हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले शारीरिक असक्तता र विभिन्न बाध्यताले अस्पतालसम्म पुग्ने नसकेका जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै गएर उपचार गर्ने योजनामा साथ दिएकोमा नेत्रज्योति संघलाई धन्यवाद दिँदै यो सहकार्य दीर्घकालसम्म चलिरहने बताए ।

संघका महासचिव भरतबहादुर चन्दले नेपालका कोही पनि नागरिकहरु पहँच र पैसाको अभावमा आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले संघले देशैभरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै नेपालको अन्धोपना न्यूनीकरणमा जनप्रतिनिधिहरुले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंशा गरे । उनले आगामी दिनमा पनि नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारणका लागि तीन वटै तहका सरकारहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ