२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिकमा पायल्स, फिस्टुलाको उपचार गर्दा अब चिर्नु नपर्ने

नर्भिकमा पायल्स, फिस्टुलाको उपचार गर्दा अब चिर्नु नपर्ने


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पायल्स, फिसर र फिस्टुलाको उपचारमा नयाँ प्रविधी भित्र्याएको छ । हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज शल्यत्रिलया गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेको हो ।

यससँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो । अस्पतालका जनरल जीआई सर्जन डा. प्रकाश चौधरी र डा. सञ्जय पौडेल लगायतको जीआई सर्जरी टिमले नर्भिकमा पनि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवाको थालनी गरेको हो ।

दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा. चौधरीले जानकारी दिए । उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहास् बनाइरहनुपर्दैन । ‘पहिला–पहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याहरुको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौ । अब भने त्यो बाध्यता हटेको छ,’ डा. चौधरीले भने, ‘नयाँ प्रविधि र डिभाइसको मद्दतले लेजरबाट एनर्जी फ्लो गरेर एनलमा हुने डल्लोको रगत सुकाउने काम गरिन्छ । लेजर डिभाइसले एनर्जी फाल्छ र त्यसले डल्लोलाई सुकाउने तथा स्रिंक गराएपछि नर्मल अवस्था बन्छ ।’

यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि हुँदैन । ‘लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपरेन, काट्नु परेन,’ डा. चौधरीले थपे, ‘काटेपछि दाग हुन्थ्यो, लेजरबाट गर्दा दाग नदेखिने भयो । लेजरबाट गर्दा रगत पनि कम बग्छ ।’

उनकाअनुसार हस्पिटल आएर लेजर प्रविधिबाट उपचार गराएको ३–४ घण्टाभित्रै बिरामीलाई घर जान दिन सकिन्छ । ‘ओपन सर्जरीबाट गर्दा २ दिनसम्म हस्पिटल बस्नुपथ्र्यो,’ उनले भने, ‘यो प्रविधि कस्ट इफेक्टिभ पनि हुन्छ । ओपन सर्जरी गर्दा हस्पिटल बसाइँ लामो हुनसक्थ्यो । तर, लेजरबाट हुने सर्जरीमा भने हस्पिटल बस्दा हुने खर्च जोगिने भयो । यसरी सोच्दा बिरामीलाई सजिलो भयो । लेजरबाट सर्जरी गरिसकेपछि डाक्टर कहाँ फ्लोअपमा पनि धेरै आइरहनु पर्दैन ।’

डा. चौधरीकाअनुसार नेपालका लागि ‘लेजर इन प्रोक्टोलोजी’ नयाँ उपचार पद्धति र प्रविधि हो । डा. चौधरीले लेजर प्रोक्टोलोजी सम्बन्धी विशेष क्लिनिकल तालिम भारतबाट लिएका छन् । मेडिकलको भाषामा गुद्धद्वार र मलाशयसँग सम्बन्धित चिकित्सा विज्ञानलाई प्रोक्टोलोजी भनिन्छ । यी क्षेत्रमा विशेषगरी मानिसलाई पायल्स, फिसर, फिस्टुलालगायतका समस्या भइरहेको हुन्छ । यस्ता स्वास्थ्य समस्याको समयमै निराकरण भएन भने ठूलै सर्जरीसम्म गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ