काठमाडौं—स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्कीनप्योर फेसवासले प्यारासुट स्कीनप्योर ब्राइटनिङ गोटमिल्क फेसवास बजारमा ल्याएको छ । वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै छालामा पु¥याउन सक्ने हानिकारक प्रभावहरूको बारे रोक्न सक्ने फेसवास बजारमा ल्याएको हो ।
ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्रीसँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ । अहिे द्रुत संसारमा हाम्रो छालाले निरन्तर विभिन्न अप्ठ्याराहरूको सामना गरिरहेको उल्लेख गर्दै कम्पनीले यसलाई सुस्त, थकित र प्राकृतिक चमकरहित बनाउन सक्ने दावी गरेको छ ।
प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने खालको हेरचाह उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि जानिने बताउँदैं कम्पनीले अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित रहेको उल्लेख गरेको छ । प्यारासुट स्किनप्योरले फेसवास बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरिएको उसले जनाएको छ ।
प्यारासुट स्किनप्योर फेसवास अग्रणी उपभोग्य वस्तु उत्पादक कम्पनी मारिको लिमिटेड अन्तर्गत छाला हेरचाह श्रेणीको ब्रान्ड हो ।