२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यफ्लोरेन्स नाइटिङगेलको जन्मजयन्तीः ‘लेडी विद द ल्याम्प’का १० रोचक तथ्य

फ्लोरेन्स नाइटिङगेलको जन्मजयन्तीः ‘लेडी विद द ल्याम्प’का १० रोचक तथ्य


फ्लोरेन्स नाइटिङगेलको जन्मदिन मे १२ लाई विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाइन्छ । फ्लोरेन्सको जन्मजयन्तीमा विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवसको रुपमा सम्झना गरिन्छ ।

उनी सन् १८२० मे १२ मा इटलीको फ्लोरेन्स सहरमा जन्मेकी थिइन् । अन्तर्राष्ट्रिय नर्स अफ काउन्सिलले सहयोगी कागजातहरुको स्रोतहरु प्रदान गरेर यस अवसरलाई सम्झिन्छ । फ्लोरेन्स नाइटिङगेलले क्रुर युद्धमा घायल सिपाइहरुको हेरचाह गर्थिन् । यो वर्ष फ्लोरेन्स नाइटिङगेलको २०३ औं जन्म दिवस मनाइदैंछ । उनलाई ‘लेडी वीथ द ल्याम्प’ भनेर पनि चिनिन्थ्यो ।

फ्लोरेन्स नाइटिङगेलबारे १० रोचक तथ्य

१. फ्लोरेन्स नाईटिङगलको बाबु विल्यम सोर नाइटिङगेल एक जग्गा धनी थिए । जोसँग दुईवटा वंशाणुगत सम्पत्ति ली हस्टमा डर्वीशायर र अरु ह्याम्पिसायर, इम्बली पार्कमा थियो । जतिबेला फ्लोरेन्सले पाँच वर्षकी थिइन् ।

२. सन् १८६० मा उनले थोमस हस्पिटल एण्ड द नाइटिङगेल टे«निङग स्कुल अफ नर्सको स्थापना गरिन ।

३. सानै उमेरदेखि नै फ्लोरेन्स परोपकारी स्वभावकी थिइन् । उनी घर, छरछिमेक, राज्य सबै गरिब र बिरामीको सेवा गर्नमा एकदमै सक्रिय थिइन् । समयसँगै १६ वर्षको उमेरमा उनीलाई स्पष्ट भइसकेको थियो कि उनलाई नर्सिङ क्षेत्रले बोलाइ रहेको थियो । उनी यो आफ्नो ईश्वरीय उद्देश्य हो भन्ने विश्वास गर्छिन् ।

४. फ्लोरेन्स नाइटिङगेल एउटा नर्स थिइन् । उनले अस्पताल र नर्सहरु सही स्ट्यान्र्डडमा छन् भनेर सुनिश्चित गरेपछि उनी धेरै परिचित भइन् ।

५. फ्लोरेन्स नाइटिङगेललाई सन् १८८३ मा रानी भिक्टोरियाले रोयल रेडक्रस मेडलबाट पुरष्कृत गरिन् ।

६. फ्लोरेन्स नाइटिङगेलले क्रिमियन युद्धमा घाइते भएका ब्रिटिस सिपाहीहरुलाई धेरै स्वयंसेवकहरु ल्याएर उपचार गरेर सहयोग गरिन ।

७. उनी रातिको समयमा बिरामीहरुलाई सानो बत्ती लिएर हेर्न जान्थिन् । त्यस कारण उनीलाई ‘लेडी विथ द ल्याम्प’ पनि भनिन्छ ।

८. फ्लोरेन्स नाइटिङगेल लन्डनमा रोयल अफ स्ट्याटिकल सोसाइटीको पहिलो निर्वाचित महिला थिइन् । उनले ९ जुलाई १८६० मा थोमस हस्पिटलमा नाइटिङगेल ट्रेनिङ स्कुल स्थापना गरिन् ।

९. उनले सन् १९०७ मा प्रतिष्ठित अर्डर अफ मेरिट प्राप्त गरिन ।

१०. फ्लोरेन्स नाइटिङगेल ९० वर्षको उमेरमा सन् १९१०, १३ अगस्टको दिन निधन भएको थियो । उनलाई मारगरेट चर्च इन इस्ट वेएलव ह्याम्पसायरमा दाहसंस्कार गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ