२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपत्तकाल समाप्त भएको डब्लूएचओको घोषणा

कोभिड-१९ विश्वव्यापी स्वास्थ्य आपत्तकाल समाप्त भएको डब्लूएचओको घोषणा


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य आपत्तकाल अन्त्यको घोषणा गरेको छ । आपत्तकाल घोषणा गरेको तीन वर्षपछि डब्लूएचओले शुक्रबार आपत्तकाल समाप्त भएको घोषणा गरेका हो ।

कोभिड—१९ आपत्तकाल घोषणाको अन्त्य भएको डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयसस महामारीमा कम्तिमा ७० लाख मानिसको ज्यान गएको बताए ।

‘हिजो आपतकालीन समितिले १५ औं पटक बैठक ग¥यो र मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकालको अन्त्यको घोषणा गर्न सिफारिस ग¥यो,’ उनले भने, ‘मैले त्यो सल्लाहलाई स्वीकार गरेको छु । त्यसैले यो ठूलो आशाका साथ म कोभिड–१९ आपत्तकाल अन्त्य भएको घोषणा गर्छु ।

उनले केही समयदेखि सावधानीपूर्वक विचार गरी तथ्यांकको विश्लेषणका आधारमा यो निर्णय लिइएको बताए । यो निर्णयले महामारी अन्तयको दिशामा एक प्रमुख कदम मानिएको छ । तर, डा. ट्रेडोसले भाइरसबाट सचेतना अपनाउने भने आवश्यक रहेको बताए ।

डब्लूएचओले जनवरी २०२० मा कोभिड–१९ बाट अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

कोभिड—१९ विरुद्धका खोपहरू महामारीको प्रमुख मोडहरूमध्ये एक मानिएको छ । डब्लुएचओका अनुसार संसारभर १३ अर्ब डोज दिइएको छ, जसले धेरै मानिसहरूलाई गम्भीर रोग र मृत्युबाट जोगाउन भूमिका खेलेको छ । तर, धेरै देशहरूमा आवश्यक परेको जति खोप पुग्न सकेको छैन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ