मानव शरीरमा रगतको प्रवाह घट्नु वा रगत प्रवाहमा अवरुद्ध हुँदा आउने समस्याले हृदयघात हुन्छ । प्रायः मुटुको धमनी कोलेस्ट्रोल र अरु पदार्थहरुको कारणले अवरुद्ध हुने गर्दछ ।
रगत प्रवाहमा अवरुद्ध भएर रगत प्रवाह हुन नपाउँदा त्यसले मुटुको मांसपेशीहरुलाई नष्ट गरिदिन्छ, जसले गर्दा व्यक्तिमा हृदयघात हुन्छ । यस्तो अवस्थामा मुटुरोगका बिरामीलाई बचाउन छिटोभन्दा छिटो उपचार दिनुपर्छ ।
हृदयघातबाट बच्न अपनाउनुहोस् यस्ता उपायहरु
स्वस्थ खाना
स्वास्थ खानामा हामीले शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व र भिटामिनयुक्त खाना खानुपर्छ । जसले हाम्रो शरीरलाई सधैं स्वस्थ्य राख्दछ । अन्य प्रतिरोधात्मक क्षमताको विकास गर्दछ ।
स्वस्थ तौल
जहिले पनि आफ्नो तौललाई सन्तुलनमा राख्नुपर्छ । शरीरको तौल धेरै हुँदा मुटु सम्बन्धि रोग लाग्न सक्ने सम्भावना धेरै हुन्छ ।
क्रियाकलापमा सक्रियता
शारीरिक क्रियाकलापमा सक्रियता र सहभागी रहनुपर्छ । यसले कम रक्तचाप र उच्च रक्तचापलाई सन्तुलनमा राख्दछ । साथै, चिनी रोगजस्ता अन्य रोगहरुबाट पनि टाढा राख्दछ ।
धुम्रपान नगर्ने
धुम्रपानले मुटुमा देखापर्ने रोगहरुमा झन धेरै जोखिम सिर्जना गर्दछ । धुम्रपान छोड्दा खतरा कम हुन्छ ।
समय—समयमा ब्लड प्रेसर जाँच गर्ने
रक्तचापको समस्या नभएतापनि समय—समयमा यसको जाँच गर्नुपर्छ । रक्तचापको गडबडीले हृदयघात हुने सम्भावना धेरै हुन्छ ।
तनावमुक्त हुने
धेरै र अनावश्यक तनाव नलिने । तनाव लिँदा उच्च रक्तचाप हुनसक्छ, जुन मुटुको लागि खतरनाक छ ।