२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोल्ड ड्रिंक्सको सेवनले प्रजननमा पार्छ प्रभाव : अण्डकोषको आकार बढ्न सक्ने

कोल्ड ड्रिंक्सको सेवनले प्रजननमा पार्छ प्रभाव : अण्डकोषको आकार बढ्न सक्ने


आजकल कोल्ड ड्रिंक बिना पार्टी हुँदैन । विवाह समारोह होस् वा कुनै उद्घाटन पार्टी, कोल्ड ड्रिंक्स हरेक समारोह र कार्यक्रमको एउटा पेय हो । हालै प्रकाशित एक अध्ययनमा कोल्ड ड्रिंक्स र पेप्सी पिउने पुरुषको अण्डकोषको आकार बढ्न सक्ने दाबी गरिएको छ ।

चिनियाँ अनुसन्धानकर्ताहरूले चिसो पेय पदार्थले टेस्टोस्टेरोनको स्तर बढाउन सक्ने पत्ता लगाएका छन् । उनीहरूले यो अध्ययन नर मुसामा गरेका थिए, जसमा यी पेय पदार्थको सेवनले तिनीहरूको जननांगको आकार बढेको खुलासा भएको थियो । अर्थात् पुरुषले कोल्ड ड्रिंक्स बढी सेवन गरेमा उनीहरुमा पनि यो समस्या आउन सक्छ ।

अध्ययनका अनुसार त्यस्ता पेय पदार्थहरूले टेस्टोस्टेरोनको स्तरमा नकारात्मक प्रभाव पार्ने काम गर्छ । विज्ञहरूले चिसो पेय पदार्थ र पप पेय पदार्थ पिउनाले मानिसमा मोटोपना, मधुमेह र क्यान्सर जस्ता खतरनाक रोगको जोखिम पनि बढाउने बताएका छन् । यसका साथै महिलाको प्रजनन क्षमतामा पनि नराम्रो असर पर्छ । अघिल्लो अध्ययनले पत्ता लगाएको थियो कि यी पेयहरूले मुसाहरूमा महिलाको अण्डाशयलाई कम गर्छ ।

यो नयाँ अनुसन्धान जर्नल एकटा एन्डोक्रिनोलमा प्रकाशित भएको छ । यस अनुसन्धानको क्रममा, दुई फिजी पेयको प्रभाव १५ दिनसम्म १०० भन्दा बढी मुसाहरूमा परीक्षण गरिएको थियो । केही मुसालाई खोरमा चिसो पेय दिइएको थियो भने बाँकी मुसालाई पेप्सीसँग राखिएको थियो । यस अनुसन्धानमा कोल्ड ड्रिंक्स र पेप्सी पिउने मुसाको अण्डकोष निकै बढेको खुलासा भएको थियो ।

जबकि शुद्ध चिसो पेय पदार्थ र पेप्सी खुवाइएको मुसामा पनि टेस्टोस्टेरोनको मात्रा बढी थियो । यस अध्ययनले पेप्सी वा चिसो पेय पदार्थको अत्याधिक सेवनले अण्डकोषको आकार बढाउन सक्ने देखाएको छ । यसबाहेक, टेस्टोस्टेरोनको स्तर पनि प्रभावित हुन सक्ने देखाएको छ ।
पछिल्लो ३० वर्षमा पुरुषको लिंगको औसत लम्बाइ २५ प्रतिशतले बढेको अर्को छुट्टै अध्ययनमा पत्ता लागेको छ ।

अमेरिकी विज्ञहरुको विश्लेषणले सन् १९९२ देखि २०२१ सम्म लिंगको लम्बाइ ४.८ इन्चबाट ६ इन्च भएको देखाएको छ । स्ट्यानफोर्ड युनिभर्सिटीको टोलीले पुरुषको लिंगको आकार यसरी बढ्नुमा खराब खानपान र जीवनशैलीका साथै केमिकलको परिणाम हुनसक्ने बताएको छ । यी सबै कारकहरूले प्रजनन क्षमतामा पनि नराम्रो प्रभाव पार्न सक्छ ।

एबिपि न्युजबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ