२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यहिमालय आँखा अस्पताललाई जापानको  ६० हजार २ सय अमेरिकी डलर सहयोग

हिमालय आँखा अस्पताललाई जापानको  ६० हजार २ सय अमेरिकी डलर सहयोग


पोखरा–हिमालय आँखा अस्पताल पोखरालाई स्वास्थ्य सामग्री खरिद गर्न जापानबाट ६० हजार २ सय ८९ अमेरिकी डलर सहयोग प्राप्त हुने भएको छ । सहयोगबारे मंगलबार अस्पताल प्रशासन र जापानी राजदूतबीच सम्झौता भएको अस्पतालका निर्देशक इलिया श्रेष्ठले जानकारी दिएकी हुन् ।
जापानी दूतावास काठमाडौंमा आयोजित समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका र अस्पतालकी निर्देशक डा. एलिया श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले सम्झौता भएको ८ महिनाभित्र कार्यान्वयन हुनुपर्ने जनाएकी छन् ।
स्वास्थ्य पहुँचमा नपुगेका ग्रामीण बस्तीका नागरिकको आँखा उपचारका लागि सञ्चालन गरिने आँखा शिविरका लागि चाहिने स्वास्थ्य सामग्री खर्च गर्न सहयोग रकम खर्च गरिने डा. श्रेष्ठले बताइन् ।
सहयोग जापानको समुदायको सुरक्षाको लागि अनुदान सहायता परियोजनाअन्तर्गतको भएको उनले स्पष्ट पारिन् ।
‘मोतीयाबिन्दुको अप्रेसन, चस्मा लगाउन पर्ने बिरामी हो कि होइन भन्ने जाँच गर्ने मेसिनलगायत शिविरमा आवश्यक पर्ने सामग्री खरिद गरिनेछ,’ उनले भनिन्,‘सन् २०१९ मा ४४ वटा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो, त्यसपछिका वर्षमा भने २५/३० वटा मात्रै शिविर सञ्चालन भएका छन् ।’
अस्पतालले वर्षमा ६ हजार हाराहारीमा आँखासम्बन्धी शल्यक्रिया गर्दै आएको छ । अस्पतालले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर जनशक्ति उत्पादनका लागि स्नातक र स्नातकोत्तर तहको आँखासम्बन्धी अध्यापनसमेत सञ्चालन गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ