२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यहामी यस कारण बिर्सन्छौं सपना

हामी यस कारण बिर्सन्छौं सपना


सपनालाई मानिसको जीवनमा छिटो र छोटो अनुभवको रुपमा लिइन्छ । निदाएको समयमा दिमागमा खेल्ने सपनाले हामीले वास्तविक जीवनमा निषेध गरेको जुनसुकै हदलाई पनि तोड्छ । सपनाले जतिसुकै भय, आनन्द वा पिडा दिए पनि कतिपय सपना निन्द्रामै सिमित हुन्छन् । हामी त्यस्ता सपनालाई विपनामा खासै सम्झिन सक्दैनौ ।

अन्तर्राष्ट्रिय गायक विल्ली एलिसले पनि आफ्नो गीतमार्फत यस रहस्यलाई भनेका छन्, ‘जब हामी निदाउछौं, तब कहाँ जान्छौ?’ साँच्चै नै सपना आफैमा रहस्यमय विषय हो । अझ हामीलाई पीडा त त्यसबेला हुन्छ, लाखौं प्रयासको बाबजुद पनि हामीले देखेको सपना ब्यूझँदा सम्झिन सक्दैनौ । आखिर के कारण छ यसमा ? यसलाई के ले प्रभाव पारेको हुन्छ ?

के हो सपना ?
हामीले निदाएको समयमा देख्ने तथा महशुस गर्ने गरेको विचार, भाव, रुप, अनुभूति आदिलाई सपना भनिन्छ । मनोविज्ञानको क्षेत्रमा पनि सपनालाई अधिकांशले वरिष्ठ विद्धान् सिग्मन फ्राइडकै सिद्धान्त अनुसार परिभाषित गरेको पाइन्छ । यस सम्बन्धि वैज्ञानिकको अलग अलग राय पाइन्छ । तीमध्ये कतिपयले हाम्रो मस्तिष्कले याद गर्न खोजेको दृश्य तथा स्वरलाई हामीले सपनामार्फत देख्ने बताउछन् ।

हामीले वास्तविक जीवनमा भोगेका तथा अनुभव गरेका घटनाक्रमलाई सपनाको माध्यमबाट देख्ने भएता पनि कुनै कुनै सपनाले भने केही न केही प्रकारको सन्देश दिने वैज्ञानिकको विश्वास छ । यी हुन सपना सम्झन नसक्नुका कारण

लैगिक कारण
पुरुषको तुलनामा महिलामा सपना सम्झिन सक्ने क्षमता बढी रहने पछिल्लो पटक गरिएको एक अध्ययनले देखाएको छ । तर, यसको ठोस कारण भन अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । महिलाहरुमा हुने हर्माेन या उनीहरुको शारीरिक वनावटका सपना सम्झिन नसक्ने अध्ययनको सुझाब छ । यस अर्थमा ब्यक्तिले सपना सम्झिन सक्ने क्षमता उसको लैगिकताले पनि केही हदसम्म निक्यौल गर्दछ ।

उमेरले पनि पार्छ प्रभाव
हाम्रो बढ्दो उमेरका कारण हामीले आफूमा भएको केही जोश तथा जाँगरहरुलाई पनि गुमाउदै जान्छौ । त्यसमध्ये हामीले सम्झिन सक्ने शक्ति पनि एक हो । धेरैले याद गरेको हुनुपर्छ, उमेरको बढ्दो गन्तीको क्रममा हामी पहिलेजस्तो कुराहरु याद गर्न सक्दैनौ । हामीले आफूले जतन गरेर राखेको कतिपय चीजहरु समेत कहाँ राख्यौ भन्ने बारेमा भुलिरहेका हुन्छौ । यसै क्रममा हामीले देख्ने गरेको सपनामा पनि यही कुरा लागू हुने गर्दछ । तसर्थ हामीमध्ये कतिपयले उमेरका कारण पनि आफ्नो सपना याद गर्न सक्दैनौ ।

अनिन्द्राको कारण
हामी निदाउने अवधिले पनि सपना सम्झिनको निम्ति प्रभाव पार्छ । पर्याप्त मात्रामा सुतेका छैनौ भने सपना सम्झिन गाहृो हुन्छ । तसर्थ जो ब्यक्ति ८ घण्टा आरामले निदाएको हुन्छ या निदाउन सक्छ उसले अन्य ब्यक्तिको तुलनामा बढी सपना सम्झिन सक्छ । यस अर्थमा कुनै पनि ब्यक्ति रातको समयमा कम्तिमा पनि ९० मिनेट आरामले गहिरो निन्द्रामा पर्दछ भने यसले उसलाई आफूले देखेको सपना सम्झन मद्दत गर्दछ । यसका लागि हामीले राती सुत्दा मध्यरातमा बज्ने घन्टी वा निन्द्रालाई असर पु¥याउने कुनै पनि चिजहरु आफ्नो ओछ्यान अगाडि राख्नु हुदैन ।

सुत्ने तालिकाको अभाव
माथि उल्लेखित अनिन्द्राको कारण जस्तै कुनै पनि ब्यक्तिको आफू सुत्ने तथा उठ्ने समय तालिका एकै किसिमको नहुदा यसले पनि सपना सम्झनमा प्रभाव पार्दछ । अर्थात् ब्यक्तिले आफू सुत्ने तथा उठ्ने समय तालिकालाई यथावत् राखेसंगै उक्त ब्यक्तिले अन्यको तुलनामा बढी सपना सम्झन सक्ने क्षमता राख्छ ।

सपना सामान्य भएमा
हामीले देख्ने गरेको सपना सामान्य तरिकाको छ भने पनि हामी सपना सम्झदैनौ । तसर्थ, हामीले देख्ने गरेको कुनै पनि सपना दिक्क लाग्दो छ भने त्यसलाई दिमागले आफुसंग राख्दैन । र, फलस्वरुप हामी सपना भुल्दछौ ।

एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ