२०८१ पुस १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यटन्सिलको दुखाइबाट हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी उपाय

टन्सिलको दुखाइबाट हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी उपाय


मौसम परिवर्तन हुँदा विशेष गरी जाडोमा टन्सिलका बिरामीको समस्या बढ्छ । यसको कारण भाइरल वा ब्याक्टेरियल इन्फेक्सन हो, जसका कारण घाँटीको टन्सिल क्षेत्रमा दुखाइ र सुन्निने समस्या हुन्छ।

सामान्यतया यस्तो अवस्थामा बिरामीलाई घाँटी र कान दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरिर दुख्ने र कमजोरी हुने जस्ता समस्या हुने गर्दछन् जसलाई यसको लक्षण मान्न सकिन्छ ।

यदि यो समस्याले तपाईँलाई बारम्बार सताउँछ भने यसबाट छुटकारा पाउन घरमै यी उपाय अपनाउन सक्नुहुन्छ ।
बरफ
एउटा सुती कपडामा बरफका टुक्राहरू भर्नुहोस् र घाँटीको टन्सिल क्षेत्रमा लगाउनुहोस् । दिनमा पाँच देखि छ पटक आइस प्याक दिनुहोस्।

बेसारयुक्त दूध
एक गिलासमा तातो दूध लिनुहोस्। यसमा आधा चम्चा बेसार र आधा चम्चा कालो मरिचको धुलो मिसाएर सुत्नुअघि नियमित रूपमा सेवन गर्नुहोस् ।

कागती, नुन र मह
एक गिलास तातो पानीमा आधा कागती निचोर्नुहोस्। यसमा एक चिम्टी नुन र दुई चम्चा मह मिसाउनुहोस् । यसलाई दिनमा दुई पटक लिनुहोस् ।

यदि यी कुराले पनि राहत दिँदैन भने डाक्टरसँग परामर्श लिनुहोस् ।

अमरउजालाबाट भावनुवाद


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ