२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यद ब्रिटिस कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता

द ब्रिटिस कलेज र उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता


काठमाडौं—द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कर्मचारीहरुलाई प्राथमिक हेल्थकेयर उपलब्ध गराउनेछ ।

बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ ।

यो संस्थामा ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन् ।
उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको जनाएको छ ।

यो सम्झौताअनुसार द ब्रिटिस कलेजमा कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवा सम्बन्धि सुविधाहरु व्यवसायिक स्वाथ्यकर्मीहरुबाट उपलब्ध गराइनेछ ।

प्ल्याटफर्मबारे जानकारी दिदैं उपकेयर हेल्थका सह–संस्थापक डा. नाथले भने, ‘दुर्भाग्य भन्नुपर्छ, नेपाल र अन्य दक्षिण एसियाली देशमा प्राथमिक स्वास्थ्य सेवालाई महत्वका साथ हेरिदैंन् । ९० प्रतिशत स्वास्थ्य समस्याहरु प्राथमिक स्वास्थ हेरचाहबाट नै समाधान गर्न सकिन्छ । आम मानिसहरूलाई कसरी स्वस्थ, सुखी जीवन बिताउन सकिन्छ त्यस कार्यमा हामी काम गर्दै आइरहेका छौं ।’

उपकेयर हेल्थकेयरकी सिइओ र सह–संस्थापक डा. सुमित्रा काफ्ले भन्छिन्, ‘ब्रिटिस कलेजसँग काम गर्न पाउँदा हामी निकै उत्साहित छौं । पहिलो भेटमा नै विद्यार्थी र कर्मचारीहरूको समग्र स्वास्थ्य सेवालाई लिएर कलेज प्रतिवद्ध रहेको हामीले पायौं । आमाबाबुका आफ्ना सन्तानका लागि दुई वटा कुराहरु राम्रो शिक्षा, राम्रो शारीरिक र मानसिक स्वास्थ्य महत्वपूर्ण ठान्छन् । अब ब्रिटिस कलेजले अभिभावकहरूलाई यो विश्वास दिलाउनेछ ।’

ब्रिटिस कलेजका सिईओ तथा संस्थापक राजन कँडेलले भने, ‘युनिभर्सिटी प्राइमरी हेल्थकेयर बेलायतमा अध्ययन गर्ने विद्यार्थीका लागि सुनौलो मापदण्डको प्रावधान हो । हामी आफैंले पनि यो सम्झौतामार्फत हाम्रा विद्यार्थीहरूलाई ब्रिटिस अनुभव दिने प्रतिबद्धता गरेका छौं । यसका लागि उपकेयरबाहेक अर्को विकल्प हुन सक्दैन् ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ