२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोमा देखापर्ने स्वास्थ्य समस्यालाई टाढा राख्न प्रभावकारी यी ३ घरेलु औषधि

जाडोमा देखापर्ने स्वास्थ्य समस्यालाई टाढा राख्न प्रभावकारी यी ३ घरेलु औषधि


सङ्क्रमणको जाखिमलाई कम गर्दै विभिन्न प्रकारको बिमारीको खतराबाट टाढा बस्ने प्राय सबै स्वास्थ्य विशेषज्ञहरूले सल्लाह दिने गर्दछन् ।
यसका लागि खानेकुरामा सामेल गरिने कुराले रोग प्रतिरोधात्मक शक्ति बढाउने कुरामा चिकित्सकहरुले पनि विश्वास राखेका छन् । रोग प्रतिरोधात्मक शरीर हुँदा सङ्क्रमण गराउने रोग सँगसँगै अन्य रोगहरूबाट पनि बच्न सकिन्छ ।
हाम्रो दैनिक जीवन र खानपानमा सुधार ल्याएर रोग प्रतिरक्षा प्रणालीलाई मजबुत गराउन सकिन्छ । हाम्रै घरमा उपलब्ध खानपानका कुराले पनि यसलाई वृद्धि गर्न सक्छ । जाडोको समयमा रुघाखोकी लाग्नु सामान्य हो तर यो लगातार हुनुको मुख्य कारण रोग प्रतिरक्षा प्रणाली कमजोर हुनुलाई पनि मानिन्छ ।
कोभिड १९ को महामारीको समयमा काढा पिउनलाई भनियो किनकि यसको सेवनले शरीरलाई मजबुत बनाउन मद्दत गर्दछ साथै यसमा एन्टी इन्फ्लामेन्टरी र एन्टी बायोटिक गुणहरु पाइन्छ, जसले शरीरलाई गम्भीर रोगको जोखिमबाट बचाउन मद्दत गर्दछ ।
प्रतिरक्षा शक्ति बढाउन के गर्ने ?
स्वास्थ्य विशेषज्ञका अनुसार प्रतिरक्षा शक्ति बढाउनको लागि निरन्तर व्यवहारमा अभ्यास गर्नु जरुरी हुन्छ । यसको लागि खानामा पाइने पौष्टिक तत्त्व, शारीरिक व्यायाम, पूर्ण रूपमा निदाउन तथा तनाव कम गर्नमा पनि ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै शरीरको तौल पनि ठिक हुनु आवश्यक हुन्छ ।
 यसका लागि दैनिक रूपमा सेवन गर्न सकिने ३ घरेलु औषधि यस प्रकार छन्
१. तुलसीको पात
तुलसीको पातलाई कयौँ वर्षदेखि घरेलु औषधिको रूपमा उपयोग गर्दै आएको पाइन्छ । यसमा हुने एन्टी इन्फ्लामेन्टरी र एन्टी बायोटिक गुणले श्वासको समस्या, पाचन प्रणालीजस्ता कुरामा मद्दत गर्दछ । यसले प्रतिरोधात्मक शक्ति बढाउनुका साथै घाँटीमा हुने सङ्क्रमणलाई कम गर्न पनि मद्दत गर्छ । भाइरस, सङ्क्रमण र एलर्जीबाट बच्न पनि यसको सेवन जरुरी छ ।
 २. बेसार
बेसारमा करक्यूमिन नामक यौगिक पाइन्छ जसलाई अध्ययनहरूले पनि स्वास्थ्यका लागि लाभदायक बताएका छन् । विभिन्न प्रकारका औषधीय गुणले भरिपूर्ण बेसारमा भाइरल रोगको जाखिमलाई कम गर्दै रोगसँग लड्ने क्षमता प्रदान गर्ने गुण पाइन्छ । बेसारलाई दूध या खानामा समावेश गरेर सेवन गर्दा थकान कम हुन्छ र राम्रो निन्द्रा पनि प्राप्त गर्न सकिन्छ ।
३. अदुवा
सामान्य चिसोमा खोकी र रुघालगायत अन्य चिसोबाट हुने रोगबाट बच्नका लागि अदुवा निकै प्रभावकारी मानिन्छ । चिसो मौसममा अदुवा मिसाइएको चियाले शरीरलाई रिफ्रेश गर्दै टाउको दुखाइलाई कम  गर्न मद्दत गर्छ । अदुवामा पाइने जिंजरोलले घाँटीको खसखसलाई टाढा राख्दै जोर्नीलाई पनि राहत दिन्छ । यसले शरीरको प्रतिरोधात्मक शक्तिलाई बढाउँदै रोगसँग लड्न मद्दत गर्दछ ।

क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ