२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाटन प्याथ ल्याबको सातौं वार्षिकोत्सव सम्पन्न

पाटन प्याथ ल्याबको सातौं वार्षिकोत्सव सम्पन्न


ललितपुर—पाटन प्याथ ल्याबको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ । बिहीबार ललितपुरस्थित ल्याबको कार्यकक्षमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा हालै निर्वाचित उदयशमशेर राणा, विशेष अतिथी ललितपुर क्षेत्र नं. १ प्रदेश २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित मीनकृष्ण महर्जन, ललितपुर उपमहानगरपालिकामा मेयर चिरीबाबु महर्जन, अतिथी गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र ललितपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विकासमान श्रेष्ठसहित पाटन प्याथल्याबमा आवद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।

सो अवसरमा बोल्दै नवनिर्वाचित सांसद राणाले ल्याबले उपलब्ध गराएको सेवाको प्रशंसा गर्दै  स्वास्थ्य सेवाको संवेदनशीलतालाई बुझेर काम गर्ने स्वास्थ्यकर्मीहरूलाई शुभकामना समेत दिए । बढ्दो रोग र सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सकहरूले जनस्तरमा पुर्‍याएको सेवालाई आफूले नजिकबाट बुझेको उनको भनाइ थियो ।

सम्मानितहरुको प्रतिनिधित्व गर्दै डा. महेश दाहालले स्वास्थ्य सेवामा लागेर सेवा पुर्‍याउन पाउँदा आफूहरूलाई ज्यादै सन्तुष्टि मिल्ने बताए । उनले चिकित्सक तथा नर्सहरूलाई ल्याबले सम्मान गरेकोमा धन्यवाद समेत दिए ।

ल्याबकी प्रबन्धक बिनु महर्जनले सबै किसिमको सुविधायुक्त ल्याबका रूपमा  पाटन ल्याबलाई विकास गर्दै लगिने योजना रहेको जानकारी दिइन् ।

ल्याबकी अध्यक्ष बिन्दा शाही देशारले सात वर्षसम्म आफूले सिकेको अनुभवका आधारमा ल्याब अझ व्यवस्थित रूपबाट अगाडि बढाउने लक्ष्य राखेको बताइन् ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ