कतिपय मानिसहरू ऊर्जाको लागि कफी या चिया पिउन रुचाउँछन् । कसैको त यो निरन्तर सेवन गर्ने बानी या भनौँ लत नै बसेको हुन्छ । त्यस्तै विभिन्न खोजहरूमा कफीलाई स्वास्थ्यको लागि हानिकारक बताइएको छ ।
कफीमा हुने क्याफिनको अधिक मात्राले स्वास्थ्यलाई नोक्सान पुर्याउँदै विभिन्न रोगहरू पनि निम्त्याउन सक्ने भएकोले यसलाई स्वस्थकर नभएको मानिन्छ । तर सीमित मात्रामा कफीको सेवन गर्दा भने यो स्वास्थ्यको लागि निकै फाइदाजनक बन्न सक्छ ।
कफीमा पाइने पोषकतत्व
कफीमा धेरै किसिमका पोषक तत्त्व पाइन्छन् र राइबोफ्लेविन (भिटामिन बी २), नियासिन (भिटामिन बी ३), म्याग्नेसियम, पोटासियम तथा विभिन्न फेनोलिक यौगिक र एन्टिअक्सिडेन्टजस्ता पोषण तत्त्वहरू यसमा पाइन्छ । विशेषज्ञहरूको अनुसार कफीमा पाइने यी तत्त्वहरूले मान शरीरलाई विभिन्न लाभ दिन सक्छ ।
कफी पिउनुका फाइदाहरू
१. टाइप २ मधुमेहको जोखिम कम गर्छ
अध्ययनका अनुसार कफीको सेवनले टाइप २ मधुमेहको खतरा कम हुन्छ । दैनिक रूपमा एक कप कफी पिउनेहरूमा टाइप २ मधुमेहको जोखिम ११ प्रतिशत घटेको जनाइएको छ । तर मधुमेहका बिरामीहरूले डाक्टरको सल्लाह अनुसार मात्रै कफी पिउनु जरुरी हुन्छ ।
२. मोटोपन घटाउन
केही अध्ययनको अनुसार कफीमा पाइने क्याफिनले मेटाबोलिज्मलाई घटाउने पाइएको छ । यसले शरीरको ३ देखि ११ प्रतिशतसम्म मेटाबोलिज्म लाई कम गर्ने अध्ययनमा पत्ता लागेको हो । त्यसैले मोटोपन भएको व्यक्तिका लागि कफी फाइदाजनक छ ।
३. कलेजो क्यान्सरको खतरा कम गर्न
एक अध्ययनको अनुसार कफीको सेवनले कलेजो क्यान्सर खतरा कम गर्छ । अमेरिकामा भएको एक अध्ययनले दिनमा दुई देखि तीन कप कफी पिउने मानिसहरूमा कलेजोसम्बन्धी रोगहरू विकास हुन नपाउने पत्ता लगाएको थियो ।
४. स्वस्थ मुटुको लागि
कफीमा पाइने क्याफिन रक्तचाप सहित स्वस्थ मुटुको लागि पनि फाइदाजनक हुनसक्छ । एक अध्ययनले दिनमा पाँच कप कफी पिउनेहरूमा मुटु रोगको खतरा १छ प्रतिशतसम्म कम हुने पाइएको छ ।
अमर उजालाबाट भावानुवाद