२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यशारीरिक तथा मानसिक समस्याका लागि फाइदाजनक माछाको तेल

शारीरिक तथा मानसिक समस्याका लागि फाइदाजनक माछाको तेल


माछाको तेल माछाको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक छ । आजकल स्वस्थ छाला र शरीरका लागि मानिसहरुले यसको उपयोग गर्ने गरेको पाइन्छ । साल्मन, ट्राउट, सारडाइन, टुना, हैलिवट नाम गरेका माछाहरूमा पाइने ओमेगा ३ फैटी एसिड शरीरको लागि निकै लाभदायक पनि मानिन्छ ।ओमेगा ३ उत्पादन गर्न सक्ने माछाको तेलको सेवनले शरीरमा फाइदा पुर्‍याउँछ ।

माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिड, अल्फा लिनोलेनिक एसिड, गामा लिनोलेनिक एसिड, भिटामिन, खनिज, तथा प्रोटिनले शारीरिक समस्याहरूका साथ साथै मानसिक समस्याहरूमा पनि फाइदाजनक हुन्छ ।

माछाको तेलको नियमित सेवनले चिन्ता, एन्जाइटी, डिप्रेसन, बेचैनी जस्ता मानसिक रोग पनि बिस्तारै हराएर जान्छ ।

यसले अनुहारको दाग, डन्डिफोर तथा सुख्खापनको समस्या हटाएर छालालाई नरम बनाउँछ ।

ओमेगा ३ फैटी एसिडले शरीरको ब्लड प्रेसरलाई नियन्त्रणमा गर्नुको साथै उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल तथा मुटुमा रोग लाग्नबाट जोगाउने क्षमता राख्छ ।

माछाको तेलले शरीरमा रासायनिक सक्रियता बढाउने हुँदा यसले प्रतिरक्षा प्रणाली मजबुत बनाइ विभिन्न रोगहरू सँग लड्ने शक्ति प्रदान गर्छ जस कारण रुघाखोकी, फ्लु, ज्वरो जस्ता रोग शरीरमा सजिलै सँग लाग्न पाउँदैन ।

माछाको तेलमा पाइने भिटामिन डी ३ र क्याल्सियमले हड्डी तथा जोर्नीलाई मजबुत बनाउन मद्दत गर्छ ।

माछाको तेलको निरन्तर प्रयोगले आँखाको समस्यामा पनि फाइदा पुग्छ । माछाको तेलको प्रयोगले शरीरमा प्रोटिनको मात्रा पूरा हुन्छ जस कारण मृगौला सम्बन्धि विभिन्न रोग लाग्ने खतरा कम हुन्छ ।

माछाको तेलले कोलन, प्रोस्टेट र स्तन क्यान्सरका जोखिम समेत कम गराएर क्यान्सरको उपचारमा मद्दत गर्न सक्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ