२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यअत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग

अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग


जलवायु परिवर्तनको कारणले गर्दा हाल पृथ्वीले अनेक वातावरणीय परिवर्तनहरू सहन गरिरहेको अवस्था छ । मानीहरूले कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धनहरू जलाउनाले हाल विश्व वातावरण नै सङ्कटमा छ। विश्व मौसम विज्ञान सङ्गठनका अनुसार पछिल्लो आठ वर्षमा हालको तापक्रम अत्यधिक रहेको पाइएको छ ।

अत्यधिक चिसो पनि जलवायु परिवर्तनसँग सम्बन्धित छ भन्ने कुरा टेक्ससमा फेब्रुअरीको समयमा भएको मौसमले सूचित गरेको छ । एक अन्तर्राष्ट्रिय अध्ययनले जलवायु परिवर्तन कसरी कार्डियोभास्कुलर रोगहरूसँग सम्बन्धित छ भनेर पत्ता लगाएको छ । सर्कुलेसन नामक पत्रिकामा छापिएको अमेरिकन हार्ट एसोसिएसन (एएचए) द्वारा प्रकाशित एक अध्ययनले यस सम्बन्धी खोजमा प्रकाश पारिदिएको छ । उक्त अध्ययनले अत्यधिक तातो र अत्यधिक चिसो दुवै तापक्रमले इस्केमिक हृदय रोग, स्ट्रोक, हृदयाघात र एरिथमियाजस्ता रोग भएका व्यक्तिहरूमा मृत्युको जोखिम बढाउने जनाएको छ ।

चरम तापक्रममा हृदयले कसरी प्रतिक्रिया दिन्छ
अध्ययनका प्रमुख लेखक र हार्वर्ड टिएच का रिसर्च फेलो समेत रहेका डा. बराक अलहमाद, अत्यधिक तातो दिनहरूमा, मुटुले मुख्य अङ्गहरूबाट रगतलाई छालाको मुनितिर सार्दै चिसो ठाउँमा पुर्‍याउने बताउँछन् । पसिना आउनु पनि यसैको कारण भएको उनले बताए ।

‘यसले भोल्युम घटाउन सक्छ जसले गर्दा ढुकढुकीको दर बढाउँछ। कोर शरीरको तापक्रम बढ्दा मेटाबोलिक अवस्था र अक्सिजन खपत पनि बढ्ने उनले बताए ।

त्यस्तै एएचएको अनुसार तातो मौसममा, वृद्ध, मोटोपन, उच्च रक्तचाप, वा हृदय रोगको इतिहास भएका व्यक्तिहरूले दिउँसो बाहिर ननिस्कने र पर्याप्त मात्रामा तरल पदार्थ पिउने जस्ता सावधानीहरू अपनाउनु पर्छ ।

अत्यधिक चिसोले पनि मानिसहरूको स्वास्थ्यमा समस्या उत्पन्न गराउँछ ।
जाडो मौसममा रक्त नलीहरू सङ्कुचित हुन्छन्, र मांसपेशीहरूले तातो जोगाउन र उत्पन्न गर्न टोन बढाउँदछन् जसले रक्तचाप बढाउँछ। केही अन्वेषकहरूको अनुसार चिसोले रक्त नलीहरूमा कोलेस्ट्रोल क्रिस्टल जम्मा गर्छ र हृदयाघात निम्त्याउँछ भने चिसोले रगतलाई थप चिपचिप बनाउँदै हृदयाघातको जोखिम पनि बढाउँछ ।

अन्तर्राष्ट्रिय खोजका अनुसार ३ करोड २० लाख भन्दा बढीले कार्डियोभास्कुलर रोगका कारण ज्यान गुमाएका छन् । यो अध्ययनले पाँच महाद्विपका २७ देशको ५६७ सहरहरूलाई समेटेको छ । उनीहरूले दैनिक तापमान र मौसम स्टेसनहरूबाट यो सम्बन्धी जानकारी प्राप्त गरेका थिए ।

हृदयको कारण हुने प्रतिहजार व्यक्तिको निधनलाई अध्ययन गर्दा तापक्रम बढेको समयमा २.२ व्यक्तिहरू र अत्यधिक चिसो बढेको समयमा ९.१ व्यक्तिहरूको थप मृत्यु भएको अनुसन्धानले पत्ता लगायो ।

डा. अलहमादले भने ‘हरेक १०० हृदयाघातको मृत्युमा कम्तीमा १ थप मृत्यु अत्यधिक चिसो र तातो दिनबाट हुन्छ र  हृदय रोग विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण हो भन्ने कुरा पनि प्रस्ट भइसकेको छ ।’

उक्त अध्ययनले अनुसन्धानकर्ताहरूले अब चरम तापक्रमको प्रभावलाई कम गर्न मद्दतको लागि विकसित दिशानिर्देशहरू हेर्न चाहेको कुरा पनि उक्त अध्ययनमा समावेश गरिएको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ