गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन बेलायतमा भेपको प्रयोग बढ्दा घट्यो चुरोट सेवन हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २२ गते, १३:२७ मा प्रकाशित बेलायतमा चुरोट सेवन गर्नेको सङ्ख्यामा कमी आएको छ । गत वर्षको भन्दा निकै तल झरेको उक्त रेकर्डमा चुरोट सेवन गर्नेको सङ्ख्या घटे पनि इ–चुरोट अर्थात् भेप को सेवन गर्नेको सङ्ख्या बढेको एक अध्ययनले जनाएको छ । अफिस फर स्ट्याटिस्टिक्स बेलायतको तथ्याङ्क अनुसार सन् २०२० मा १४ प्रतिशत रहेको उक्त सङ्ख्या २०२१ मा १३.३ प्रतिशतमा झरेको हो । त्यो सङ्ख्यामा पनि १६ वर्षभन्दा माथिका ७.७ प्रतिशतले इ–चुरोट अर्थात् भेप प्रयोग गरेको जनाएका छन् । उक्त सङ्ख्या २०२० मा जम्मा ६.४ प्रतिशत थियो ।सन् २०११ मा गरिएको सर्वेक्षणमा चुरोट सेवन गर्नेको सङ्ख्या २०.२ प्रतिशत रहेको थियो । डाटा एन्ड एनालाइसिस फर सोसल केयर एन्ड हेल्थ डिभिजन, बेलायतका अधिकारी जेम्स टकरले चुरोट सेवन गर्नेको सङ्ख्या घट्नुमा भेप को ठुलो भूमिका रहेको बताएका छन् । उनले यो तथ्याङ्क घट्नुमा भेप को बढ्दो प्रयोग बताउँदै बढ्दो विभिन्न जनचेतनाको कार्यक्रमहरूले पनि यसलाई असर गरेको बताएका छन् । सरकारले यस सङ्ख्यालाई घटाउँदै २०२२ को अन्तिमसम्ममा १२ प्रतिशत योजना राखेको पनि उक्त तथ्याङ्कले जनाएको छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम १४ लाख छात्रालाई साढे २ अर्बको प्याड वितरणको तयारीमा सरकार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम १४ लाख छात्रालाई साढे २ अर्बको प्याड वितरणको तयारीमा सरकार