पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख : अस्पताल

ब्राजिलका प्रख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्य अवस्था खराब भएको समाचार फैलिएपछि उपचार भइरहेको अस्पतालले उनको अवस्था राम्रै रहेको जनाएको छ ।
ब्राजिलको एक समाचारपत्रले पेलेको स्वास्थ्य अवस्था नाजुक रहेको र उन शरीरले केमोथेरापीलाई पनि राम्रोसँग स्वीकार नगरिरहेकाले उनको अवस्था चिन्ताजनक रहेको भन्दै समाचार प्रकाशन गरेपछि उनको स्वास्थ्य लाभका लागि सामाजिक सञ्जालमा कयौँ स्टाटसहरु लेखिएका थिए ।
त्यस्तै ब्राजिलको द टर्च होटलले उनलाई छिट्टै निको हुनु भनेर एक प्रोजेक्टरबाट सुभेच्छा पनि व्यक्त गरेको थियो ।
८२ वर्षीय पेलेको उपचार गरिरहेको अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनको शरीरले २४ घण्टादेखि राम्रै लक्षण दिइरहेको र आत्तिनुपर्ने अवस्था नरहेको जनाएको हो ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल
- ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प
तपाईको प्रतिक्रिया दिनुहोस