२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल नेसनल हस्पिटलमा २ मंसिरसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

नेपाल नेसनल हस्पिटलमा २ मंसिरसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने


काठमाडौं—विश्व मधुमेह दिवस अवसरमा कलंकीस्थित नेपाल नेसनल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । २८ कात्तिकदेखि मंसिर ०२ गतेसम्म बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन हुने अस्पतालले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविर नेपाल नेसनल हस्पिटल र लाइन्स क्लब अफ काठमाडौंं कर्पोरेटको आयोजना गरेका हुन् ।

शिविरमा निःशुल्क सुगर, प्रेसर, बीएमआई सेवा र सम्पूर्ण विशेषज्ञ सेवा निःशुल्क हुनेछ। अन्य सम्पूर्ण सेवामा २० देखि २५ प्रतिसम्म छुट हुनेछ । शिविरको पहिलो दिन सोमबार १ सय ९० जनाले निःशुल्क स्वास्थ्य शिविरको लाभ लिएको अस्पताल व्यवस्थापक समिर शर्माले जानकारी दिए ।

‘विश्वमा नसर्ने रोगको महामारीको कारणले धेरैले अकालमा ज्यान गुमाउनु परिरहेको । नसर्ने रोगहरुमध्येमा मधुमेह पनि एक हो । यो रोग लागेपछि आँखा, मिर्गौलालगायतका विभिन्न अंगमा असर पर्छ,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले भने, ‘त्यसैले बेलैमा पहिचान र नियमित चेकजाँच, विषेशज्ञको परामर्श लिएर यस्ता नसर्ने रोगहरूबाट जोगिनु पर्दछ ।’

निःशुल्क स्वास्थ्य शिविरको उदघाटनमा लायन्स क्लबका प्रेसिडेन्ट शंकर घिमिरे, कान्तिपुर पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर र थुप्रै लायन्स क्लबका सदस्य हरुको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै लाइन्सका प्रेसिडेन्ट घिमिरेले विभिन्न स्वास्थका कार्यक्रममा हातेमालो गर्दै लाइन्स अगाडि बढिरहेको बताए । ‘आउँदा दिनहरूमा स्वास्थ्यका जनचेतना अभिमुखीकरणलगायतका विभिन्न कार्यक्रम गर्नेछौं,’ उनले भने, ‘यस्ता कार्यक्रमलाई नियमितता दिनेछौं ।’

कार्यक्रम लायन्स क्लब सक्रिय सदस्य विजय महर्जनले सुगर जाँच स्ट्रीप उपलब्ध गराउने प्रतिबद्धता जनाए । अस्पताल व्यवस्थापक शर्माले नेपाल नेसनल हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको जानकारी दिँदै सबैले सेवा लिन आग्रह गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ