२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यबीएण्डसीद्वारा ‘मेरो बीएण्डसी, मेरो जीवन साथी’ स्वास्थ्य कार्यक्रम घोषणा

बीएण्डसीद्वारा ‘मेरो बीएण्डसी, मेरो जीवन साथी’ स्वास्थ्य कार्यक्रम घोषणा


दमक—झापास्थित बीएण्डसी अस्पतालले ‘मेरो बीएण्डसी, मेरो जीवन साथी’ स्वास्थ्य सदस्यता कार्ड वितरण घोषणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अस्पतालका निर्देशक दुर्गा प्रसाईले बीमा झापाका लागि मात्र नभएर देशभरका नागरिकलाई प्रभावकारी रहेको बताए ।

उनले स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा हेलचेक्रयाइ नगर्न आग्रह गरे । ‘मेरो बीएण्डसी, मेरो जीवन साथी’ स्वास्थ्य सदस्यतामा आवद्ध हुनका लागि सदस्यता शुल्क ६ हजार लाग्ने अस्पतालले जनाएको छ । ६ हजार शुल्क तिरेर सदस्य भएपछि बीएण्डसीबाट ५० हजारसम्मको स्वास्थ्य सुविधा पाइनेछ ।

यो परिवारको चार सदस्यको लागि मात्र हुनेछ । चार सदस्यभन्दा बढी भएमा सदस्यता शुल्क थप गर्नुपर्ने अस्पतालले जनाएको । ‘सदस्यता थप गर्दा प्रतिव्यक्ति १ हजार ७ सय ५० रुपैयाँ लाग्नेछ,’ अस्पताल प्रशासनले भन्यो, ‘होलबडी चेक गर्ने स्वास्थ्य सदस्यता लिनुपरेमा १५ हजार ५ सय रुपैयाँ लाग्नेछ । यस भित्र पनि परिवारको एक जनाले मात्र होलबडी चेक गर्न पाउनेछन् ।

‘मेरो बीएण्डसी, मेरो जीवन साथी’ स्वास्थ्य सदस्यताअन्तर्गत इमर्जेन्सी (सबै सेवा), ओपिडी, कस्मेटिक बाहेकका, आर्इपीडी, रेडियोलोजी र शल्यक्रिया सेवा पाइनेछ । उपचारका लागि औषधि यस कार्यक्रमअन्तर्गत समावेस नभएको अस्पतालले जनाएको छ । प्याथोलोजीअन्तर्गत बाहिरी देशमा गरिने सेवा पनि कार्यक्रममा समेटिएको छैन ।

‘मेरो बीएण्डसी, मेरो जीवन साथी’ कार्यक्रममा आवद्ध भएका सदस्यहरुले स्वास्थ्य सेवा लिन अस्पतालले निर्धारण गरेको रेडियोलोजी र प्याथोलोजी सेवा मात्र उपलब्ध हुनेछ । बिरामी पक्षबाट चेकजाँच, एमआरआई, सिटिस्क्यानजस्ता परिक्षण आफु खुसी गर्न नपाइने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ