गृहपृष्ठ ∕ अन्य ∕ आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह आँखा स्वस्थ छ कि छैन कसरी थाहा पाउने ? यसरी गर्नुहोस् आँखाको हेरचाह हेल्थ आवाज बिहीबार, २०७९ असोज २७ गते, १२:४४ मा प्रकाशित हाम्रो आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। तर, यदि हाम्रो आँखा एक क्षणको लागि पनि हामीबाट अलग भयो भने, हाम्रो जीवन अँध्यारो हुनेछ। लगातार मोबाइल, टिभी र ल्यापटपमा व्यस्त रहँदा हाम्रो आँखा कमजोर हुन थाल्छ । आँखा स्वस्थ छ वा छैन कसरी पहिचान गर्ने त ? स्वस्थ आँखाको पहिचान आँखाको सेतो भाग सेतो र कालो भाग कालो हुनुपर्छ । माथिल्लो ढकानीले अलिकति कालो भाग ढाकेको हुनुपर्छ र तलको ढकनीले कालो भागलाई छोएको हुनुपर्छ । आँखाको झिम्काई सामान्य दरमा (१५ देखि १८ पटक प्रति मिनेट) हुनुपर्छ । सिधा हेर्दा दुवै आँखा सोझो देखिनुपर्छ । आँखा ठिक्क ओसिलो हुनुपर्छ, न त ज्यादा सुख्खा न त धेरै आँसुले भरिएको । सामान्य प्रकाश भएको ठाउँमा आँखा पूरा खोल्न सक्नुपर्छ । कम प्रकाश भएको ठाउँमा पनि सामान्य व्यक्तिसरह हिडडुल गर्न सक्नुपर्छ । असामान्य दृष्टि कसरी छुट्याउने ? निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ । नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिदै हिड्नु । वस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु । वस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु । हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु । आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु । पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु । लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु । चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु । आँखाको गेडी लगातार हल्लिरहनु। कसरी गर्ने हेरचाह ? सफा पानीले दिनहुँ आँखा धुने। आफु वरिपरीको वातावरण सफा राख्ने। कुनै समस्या देखिएमा नजिकको स्वास्थ्य चौकी, आँखा उपचार केन्द्र जाने। समय समयमा आँखाको परीक्षण गराउने। जथाभावी औषधी वा अन्य चीज आँखामा नराख्ने। बालबालिकालाई आँखामा चोटपटक लाग्न सक्ने सामान चलाउन नदिन। हरियो साग, पहेँला फलफूल, अण्डा, कलेजो जस्ता भिटामिन ‘ए’ यूक्त चिज प्रशस्त खाने । -आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्बन्धी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा विभागले तयार पारेको पुस्तकबाट क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रपतिद्वारा चिकित्सक संघका ३२ अध्यक्षबारे लेखिएको पुस्तक विमोचन वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग २७ फेब्रुअरीबाट काठमाडौंमा नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो—२०२५ हुँदैं नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस घोषणा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ४ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ५ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल फार्मेसी संघ योग के हो ? यसका प्रकार र फाइदा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कसरी गर्ने छालाको हेरचाह ? निक साईमन्स अवार्ड ढाेला स्वास्थ्य चाैकिका जनस्वास्थ्य निरिक्षक थापालाई स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो रिजर्भ एन्टिवायटीक अस्पताल फार्मेसीबाट मात्र विक्रि गर्ने सूचनामा असहमति छ-नेपाल फार्मेसी संघ योग के हो ? यसका प्रकार र फाइदा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)