२०८१ पुस २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ र दुर्लभ रक्त समूह ‘ईआर’ पहिचान

नयाँ र दुर्लभ रक्त समूह ‘ईआर’ पहिचान


लण्डन—ए, बी, एबी, र ओ रक्त समूहबाहेक पनि संसारमा रगतका अन्य कयौं प्रकारहरु छन् । बेलायतको ब्रिस्टल युनिभर्सिटी र नेशनल हेल्थ सर्वे ब्लड एण्ड ट्रान्सप्लान्ट (एनएचएसबिटी)का वैज्ञानिकहरुले हालै एक नयाँ र एकदमै दुर्लभ रगत समूहको खोज गरेका छन् ।

यो रगत समूहलाई ‘ईआर’ (Er) नाम दिइएको छ । अनुसन्धानकर्ताहरुको भनाइमा यो रगत समूहको पहिचानबाट खतरानाक स्थितीमा पनि मानिसको ज्यान बचाउन सकिनेछ ।

कुनै पनि रगत समूहको पहिचानमा रगतमा भएको प्रोटिनबाट हुने गर्छ । यी प्रोटिन सामान्यतयाः रातो रक्तकोषिकाहरु माथिल्लो सतहमा हुन्छन् । मुख्यतयाः रगत समूहहरुमा ए, बी, एबी र ओ छन् ।

यदि तपाईंको रगतमा आरएच प्रोटिन हुन्छ भने तपाईको रगत समूह पोजेटिभ हुन्छ । होइन भने त्यो समूह नेगेटिभ हुने गर्छ । रगत आवश्यक परेका मानिसहरुलाई सधैं उनीहरुको रगत समूहसँग मिल्ने रगत समूहकै रगत दिन जरुरी हुन्छ । यसो नगरेमा शरीर अर्को रगत समूहलाई आफनो शत्रु ठान्दछ, जसबाट इम्युन सिस्टमले गम्भीर प्रतिक्रिया दिने गर्छ ।

‘ब्लड जर्नल’मा प्रकाशित उक्त अनुसन्धानले ३० वर्ष पुरानो रहस्यबाट पर्दा उठाएको छ । वास्तवममा ब्रिस्टल युनिभर्सिटीका वैज्ञानिकहरुसँग ब्लड ग्रुपमा जोडिएका दुई केस पुगेका थिए ।

दुई गर्भवती महिलाहरुको रगतमा कम्प्लिकेसन्स भएपछि गर्भमा नै उनीहरुको बच्चाहरुको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा थाहा भयो कि दुवै महिलाहरुको ब्लड ग्रुप ‘ईआर’ (Er) थियो ।

त्यसपछि वैज्ञानिकहरुले ३० वर्ष पुरानो एक यस्तै अनुसन्धानमा ध्यान केन्द्रीत गरे, जसमा दुर्लभ रक्त समूहको बारेमा उल्लेख गरिएको थियो । यो अनुसन्धानमा एकजस्तै रगत समूह नभएमा मानिसको शरीरमा कम्प्लिकेसन वा मृत्यु हुने कुरा गरिएको छ । वैज्ञानिकहरुले त्यसपछि थाहा पाए कि केही केसहरुमा आमा र बच्चा को रगत समूह अलग भएमा आमाको इम्युन सिस्टम गम्भीर प्रतिक्रिया दिन सक्छ ।

बच्चाका विरुद्ध काम गर्छ आमाको शरीर

यदि आमाको रगत समूह ‘ईआर’ छ भने बच्चाको रगतका विरुद्ध महिलाको इम्यून सिष्टम एन्टीबडिज बनाउँछ । यो एन्टीबडिज प्लेसेन्टाबाट बच्चमा पुग्ने गर्छ र उनीहरुमा हिमोलिटिक डिसीजको कारण बन्छ । यो एक यस्तो अवस्था हो जसबाट आमाको एन्टीबडीज नजन्मेको बच्चाको रातो रक्त कोशिकाहरुलाई आक्रमण गरेर हार्ट फेलियरदेखि मृत्युसम्मको कारण बन्न सक्छ ।

यो अनुसन्धानले ‘ईआर’ रक्त समूहलाई पहिचान गर्ने र यसका कारण हुने समस्याहरुबाट बच्ने तरिका खोज्नका लागि बाटो खोलिदिएको छ ।
गर्भावस्थाको दौरान समय रहँदैं रगत इनकम्पैटेबिलिटीका लक्षणहरु देखिने बितिकै आमा र बच्चाको ज्यान बचाउन सजिलो हुन सक्छ ।

ब्लड ट्रान्सफ्युजनमा पनि सजिलो हुनेछ । अब चाडैं वैज्ञानिकहरु ‘ईआर’ रगत समूहलाई सजिलोसँग पहिचान गर्ने तरिका पनि विकसित गर्नेछन् ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ