२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यमेडिसिटीमा मष्तिष्क पक्षघातपछिको पुनःस्थापनाबारे अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मष्तिष्क पक्षघातपछिको पुनःस्थापनाबारे अन्तर्राष्ट्रिय प्रशिक्षण


ललितपुर—ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताललेकाठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेजसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रशिक्षकसहित मस्तिष्क पक्षघातपछिको पुनःस्र्थापना विषयमा दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । मंगलबारबाट उक्त प्रशिक्षण सुरु भएको हो ।

नेदरल्याण्डका डा.हान फ्याङ्क र डा.पल डोबेलस्टेइजन रिसोर्स पर्सनका रूपमा रहेको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा न्यूरोलोजी विभाग प्रमुख डा. बाबुराम पोखरेलले यो प्रशिक्षणले नेपाली फिजियोथेरापिष्टहरुलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर प्रदान गरेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालकी फिजियोथेरापी विभाग प्रमुख डा.मञ्जु ज्ञवालीले नेदरल्याण्डबाट प्रशिक्षणका लागि नेपाल आएका डा. फ्र्याङ्क र डोबेलस्टेइजनलाई धन्यवाद ज्ञापन गरिन् । वरिष्ठ न्यूरालोजिष्ट डा. लेखजंग थापा र न्यूरो फिजीयोथेरापी विज्ञ गोविन्द मनी नेपालको समेत उपस्थिती रहेको छ ।

मष्तिस्क पक्षघातपछिको पुनस्र्थापना विषयक प्रशिक्षणमा सहभागीहरुले १६ सिइयु बराबरको क्रेडिट प्राप्त गर्नेछन् । मष्तिस्क पक्षघात भएका बिरामीहरुको शारीरिक चाललाई सुधार गर्न र विशेष गरी कुमको दुखाइ र चाललाई सुधार गर्न के र कस्ता प्रक्रियाहरु अपनाउन आवश्यक छ भन्ने विषयमा प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नेछन् ।

यस प्रशिक्षणले व्यवहारिक ज्ञान प्रदान गरी सहभागीले आफ्नो कार्यस्थलमा बिरामीलाई धेरै नै सहयोग पु¥याउन सक्ने अपेक्षा प्रशिक्षकहरुको रहेको छ । कार्यक्रम नेपाल मेडिसिटी अस्पतालको सभाहलमा असोज १२ गते बुधबारसम्म सञ्चालनमा रहनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ