२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यतापक्रमको सिधा असर दिमागमा : धेरै गर्मी या चिसो मौसम घृणा बढाउँछ

तापक्रमको सिधा असर दिमागमा : धेरै गर्मी या चिसो मौसम घृणा बढाउँछ

१२ देखि २१ डिग्री सेल्सियसमा सबैभन्दा राम्रो मुड


तापमानको सिधा सम्बन्ध दिमागमा र व्यवहारमा हुने गरेको पाइएको छ। गर्मी वा चिसो दुवैले रिस र घृण बढाउँछ । मानिसको मुड १२ देखि २१ सेल्सियस तापक्रममा सबैभन्दा राम्रो हुने गर्दछ ।

यो तापक्रममा रिस पनि कम उठ्ने गर्छ । द लैन्सेट प्लेनेटरी हेल्थले अमेरिकाका ७ सय ३ सहरमा बस्ने मानिसको व्यवहारमा तापमानका हिसाबले अध्ययन गरेको थियो । उक्त अध्ययनबाट यो थाहा भयो कि धेरै चिसो वा गर्मी भएमा मानिसमा रिस बढ्छ र भौतिक रुपमा रिस वा घृणा देखाउन नसकेमा उनीहरु अनलाइनमार्फत जाहेर गर्छन् ।

रिपोर्टमा भनिएको छ–अमेरिकामा हिट वेवको समयमा अनलाइन ‘हेट स्पीच या हेट टेक्स्ट’को घटना धेरै बढे । शोधकर्ताहरुको भनाइ छ कि अमेरिकामा २५ प्रतिशत काला र १० प्रतिशत हिस्पैनिक मानिसहरु अनलाइन हेट स्पीचको सबैभन्दा बढी शिकार हुन्छन् । मैसम परिवर्तनको कारणले एलजीबीटीक्यू समुदायका मानिसहरु चार गुणा बढी अनलाइन हेट स्पीचको शिकार भएका थिए ।

द लैन्सेट प्लेनेटरी हेल्थको टिम ले पोट्सडैम इन्स्टिच्युट अफ क्लाइमेट इम्प्याक्ट रिर्सचका लियोनी वेन्जजको नेतृत्वमा मे २०१४ देखि मे २०२० सम्म ६ वर्षमा अमेरिकामा गरिएको ४ सय करोड ट्वीट्को जाँच गरिएको थियो । यसको लागि उनीहरुले आर्टिफिसियल इन्टिलिजेन्सबाट एलगोरिदम तयार गरेका थिए । जुन हेट स्पीचलाई चिन्दथ्यो । यसमा ७ करोड ५० लाख हेट स्पीच थिए, यानी कि कुल ट्वीटको २ प्रतिशत ।

टिमले यो पनि जाँच ग¥यो कि कुन ट्वीट कुन ठाउँबाट गरिएको छ र त्यो दिनको मौसम कस्तो थियो । जहाँ तापक्रम १५ देखि १८ डिग्री सेल्सियस थियो, त्यहाँ हेट स्पीचका ट्वीट बढी भएका थिए । ३ देखि ५ डिग्री सेल्सियस तापक्रममा बस्ने मानिसले अर्कोभन्दा १२.५ प्रतिशत बढी हेट स्पीच ट्वीट् गरेका थिए ।

रेगीस्तानी ठाउँहरुमा २२ प्रतिशत हेट स्पीच ट्वीट

रेगीस्तानी ठाउँहरुमा जहाँ तापमान ४२ देखि ४५ डिग्री सेल्सियस थियो, त्यहाँ हेट स्पीच ट्वीटमा २२ प्रतिशतसम्म वृद्धि भएको थियो । यो अध्ययनमा भाग रहेका आन्द्रेस लिभरम्यान भन्छन्, ‘अधिक औसत आय भएका ठाउँहरु जहाँ मानिसहरु एसी एफोर्ड गर्न सक्छन्, त्यहाँ पनि जब तापमान बढ्छ त मानिसहरुले आवेगमा आएर हेट ट्वीट्स बढी गरे ।’ उनी थप्छन्, ‘तर यस्तो होइन कि हामी मौसमसँग सामन्जस्यता गर्न असमर्थ हुन्छौं ।’

हेट स्पीचका लागि शोधकर्ताहरुको टिमले संयुक्त राष्ट्रसंघको परिभाषालाई मानक मानेका थिए । जसअनुसार, कुनै पनि व्यक्ति या समूहमाथि उसको धर्म, नश्ल, राष्ट्रियता, रंग वा अरु कुनै पहिचानको आधारमा कुनै पनि अपमानजनक टिप्पणी ‘हेट स्पीच’मा पर्छ । यसबाट सबैभन्दा ठूलो गाह्रो ती टिप्पणीहरुको वर्गीकरण गर्नमा भएको थियो, जुन एक समूह वा समुदायको लागि सम्मान वा माया त दोस्रोको लागि अपमानजनक थियो ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ