२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रथमसँगको सहकार्यमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बालबालिकाको एचएलए परीक्षण निःशुल्क गरिने

प्रथमसँगको सहकार्यमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बालबालिकाको एचएलए परीक्षण निःशुल्क गरिने


काठमाडौं—बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बालबालिकाहरुको एचएलए टेष्ट निःशुल्क गरिने भएको छ । कान्ति अस्पतालका पेडियाट्रिक हेमाटोलोजी अंकोलोजिष्ट डा. सुधीर सापकोटामा पहलमा एक अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीमा जर्मनीको डिके साइन्स ल्याबमा बोनम्यारो ट्रान्सप्लान्टका लागि आवश्यक पर्ने एचएलए टेष्ट निःशुल्क गरिने भएको हो ।

त्यसका लागि नेपालमा ल्याबका रुपमा लाजिम्पाटस्थित ‘प्रथम प्याथालोजी ल्याब प्रा.लि.’ ले सहकार्य गर्नेछ । ‘डा.सापकोटाको पहलमा एउटा इन्टरनेसनल संस्थासँगको सहकार्यमा बोनम्यारो ट्रान्सपलान्टका लागि आवश्यक पर्ने एचएलए टेस्ट निःशुल्क गर्दैछौं,’ प्रथम प्याथालोजीका डा. निराजन मैनालीले भने, ‘यो टेष्टमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नेको परिवारमा सबै जनाको स्याम्पल संकलन गरेर पठाउनुपर्छ ।’

यस्तो परीक्षणका लागि एकजनाको मात्रै २० देखि २५ हजार रुपैयाँ पर्ने उनले बताए । ‘एक परिवारको चार जना सदस्यको टेस्ट गर्दा झण्डै १ लाखदेखि सवा लाख जति खर्च हुन्छ,’ उनले थपे, ‘यो अहिले हामीले पूरै निःशुल्क गरेका छौं । यसमा हामीले कुरियर चार्ज मात्रै गर्छौ ।’ त्यो खर्च ३ देखि ४ हजार जति खर्च पर्न जाने उनले बताए ।

स्यापलको सुरक्षा, ल्याबको गुणस्तरीय रिपोर्टलगायतका कुरालाई विशेष ख्याल गरिएको उनले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ