२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअनुसन्धान भन्छ–मानिस प्रशंसा चाडै बिर्सिन्छन् तर अपमान बिर्सन धेरै समय लाग्छ

अनुसन्धान भन्छ–मानिस प्रशंसा चाडै बिर्सिन्छन् तर अपमान बिर्सन धेरै समय लाग्छ


कोही व्यक्ति कुनै पनि तरिकाले कसैको अपशब्दहरुले अपमान गर्छ भने यसको असर लामो समयसम्म रहन्छ । अपमानजनक शब्दले मनमा ठेस पु¥याउँछ र कसैले झापड हाने सरह महसुस हुन्छ । यो खुलासा नेदरल्याण्डमा भएको एक नयाँ अनुसन्धानबाट भएको हो ।

वैज्ञानिकहरुले सहभागीहरुको दिमागको क्रियाकलापलाई रेकर्ड गरेका थिए । यसमा शब्दहरुको हाम्रो जीवनमा काफी प्रभाव गर्ने गरेको पाइएको छ । शब्दहरुले गरिने मौखिक अपमान गालामा हिर्काएको एक झापडजस्तै हो । यसले हाम्रो दिमागमा नकारात्मक भावना ल्याउँछ । अपमान हाम्रो मान प्रतिष्ठाको लागि खतरा छ र साथै हाम्रा लागि पनि ।

शब्दहरु नै मान्छेको मन जित्न सकिन्छ भने कहिलेकाहिँ शब्दहरुले नै मानिसको मन दुख्ने गर्दछ । शब्दहरुले नै भाषा र भावहरु बीचको इन्टरफेस गर्नमा अवसर दिन्छ । त्यसैले त हाम्रो मनमा लामो समयसम्म ती शब्दहरु रहिरहन्छन् ।

व्यक्ति यसबारेका पटक—पटक किन सोच्छ ? यो कुरा जान्नका लागि अनुसन्धानमा दुई वटा समूह बनाइएको थियो । एक समूहका व्यक्तिलाई अपमानजनक कुराहरुको रेकर्डिङ सुनाइयो । कुनै नजिकको मान्छेको नाम बताउँदैं नभियो कि यो शब्द सम्बन्धित व्यक्तिको हो ।

यसैगरी अर्को समूहका मानिसहरुलाई प्रशंसा गरिएको शब्दहरु सुनाइयो । तर, यसमा भने मानिसको नाम भनिएन् । पहिलो समूहमा यो पाइयो कि उनीहरु पटक—पटक इन्टेन्सीटीका शब्दहरु याद गर्दैछन् । जबकि दोस्रो समूहका मानिसहरु धेरै नै शान्त थिए ।

युट्रेक्ट युनिभर्सिटीका डा. मरिजन स्ट्रुक्स्मा र उनको टिमले ७९ महिला सहभागीहरुमाथि ईजीजी र छालाको गतिविधिबाट यस एक्सपेरिमेन्टको सुरुवात गरेका थिए ।

मौखिक तरिकाले गरिएको अपमान अनुहारमा सानो झापड हिर्काए सरह हुन्छ । यदि कुनै पनि व्यक्तिको अपमान पटक—पटक धेरै माध्यमबाट गरियो भने सबै एउटै प्रकारले असर गर्ने गर्दछ । अप्राकृतिक वातावरणमा र काल्पनिक मानिसको कथनबाट पनि यस्तै हुन्छ ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ