२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् मुटु कमजोर हुनुका संकेत, यसरी कम गर्न सकिन्छ हृदय रोगको जोखिम

यी हुन् मुटु कमजोर हुनुका संकेत, यसरी कम गर्न सकिन्छ हृदय रोगको जोखिम


देशभरमा मुटुका बिरामीहरुको संख्या दिनप्रति दिन बढ्दो छ । मुटको रोग नवजात शिशुहरुमा पनि धेरै देखिदै आएको छ । धुम्रपान, मद्यपान सेवन, अनियमित जीवनशैली यो रोगको मुख्य कारण हुन् । चिकित्सकहरुको भनाइमा सुरुवाती लक्षणहरु चिनेर उपचार गर्न सकिएमा यो रोगबाट बच्न सकिन्छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन (सिडीसी)का अनुसार संसारभर मुटुको रोगबाट प्रत्येक वर्ष लाखौं महिला र पुरुषहरुको मृत्यु हुन्छ । भारतमा पनि यसको संख्या धेरै नै छ । एक रिपोर्टका अनुसार देशभरमा प्रत्येक वर्ष कार्डियोभास्कुलर डिजिज (सिभिडी)का बिरामीको संख्या बढिरहेको छ ।

बिरामी हुनु पहिले मुटुले दिन्छ यस्ता संकेत

फ्लोरिडास्थित डेलरे मेडिकल सेन्टरका कार्डियोथोरासिक सर्जरीका मेडिकल निर्देशक डा. जेफरी न्यूमैनका अनुसार खासगरी मुटुमा स्वास्थ्यको इजेक्सन फ्रैक्शनद्वारा मापन गरिन्छ । एउटा सामान्य इजेक्शन फ्रेक्शन ५५ या ६० प्रतिशत हुने गर्दछ । जसको अर्थ मुटुभित्र जति ब्लड फ्लो हुँदैछ, त्यसको ६० प्रतिशत बाहिर मापन हुँदैछ । यसलाई सामान्यतयाः काम गर्न सक्ने स्वस्थ मुटु मानिन्छ ।

तर, त्यही तपाईंको मुटु कमजोर हुँदैछ भने तपाईंलाई मुटुको हृदयघात हुन जान्छ वा तपाईमा कुनै भाल्भुलर डिजिज हुन्छ । तपाईंको मुटुको इजेक्शन फ्रैक्शन कम हुने गर्छ । उदाहरणका लागि कुनै बिरामीको ३० प्रतिशत इजेक्शन फ्रेक्सन हुँदैछ भने त्यसको मतलब बिरामीको मुटुले सही तरिकाले रक्त प्रवाह गर्न सकिरहेको छैन । यो समस्या अगाडि बढ्दैं जाँदा हार्ट फेल हुने कारण बन्न जान्छ ।

कुनै पनि व्यक्तिको मुटुको इन्जेक्सन फैक्सन जति कम हुन्छ त्यति नै हार्ड फेलियर र कार्डियाक एरेष्टको खतरा हुन्छ ।

यसरी कम गर्नुहोस् हृदय रोगको जोखिम

डा. न्यूमैन भन्छन्, ‘सामान्यतयाः मानिसहरु आफ्नो स्वाथ्यको ख्याल गर्ने गर्छन् तर आफनो मुटुको स्वास्थ्यलाई लिएर त्यति सचेत भइरहेका हुँदैनन् । प्रायः यसलाई अन्देखा गर्ने गर्छन् । फोहोर खाने कुरा, मोटोपन, व्यायमको कमी, आलस्यले गर्दा हाम्रो मुटुमा नराम्रो असर पर्ने गर्दछ । मुटुको स्वास्थ्य हाम्रो जीवनशैलीसँग जोडिएको छ । हामीले आफनो जीवनशैलीमा सुधार ल्याउने हो भने यसबाट बच्न सकिन्छ ।

श्वास लिन समस्या मुटु रोगको संकेतः डा. न्यूमैनका भन्छन्, ‘तपाईंको सामान्य जीवनशैलीमा यदि तपाईं आफ्नो बेडरुमदेखि किचनसम्म जान पनि श्वास फुल्छ र तपाईं कुनै ठाउँमा रोकेर या बसेर श्वास लिनुहुन्छ भने यो मुटु रोगको संकेत हो कि तपाईको मुटु कमजोर हुँदैछ । यी सुरुवाती लक्षण हुन यसले तपाईंको मुटुमा राम्रोसँग ब्लड फ्लो हुन सकिरहेको छैन । र रगत तपाईंको फोक्सोमा राम्रो सँग पम्प भैरहेको छैन ।’

डा.न्यूमैन अगाडि थप्छन्, ‘समय—समयमा सबै मानिसको धड्कन घटने बढने भइरहेको हुन्छ । तनाव, कामको चाप, व्यायामको अभाव, धेरै रक्सी र कफिन लिनाले मुटुको धड्कन सामान्यबाट अधिक हुने गर्छ । यदि मुटुको धड्कन सामान्यभन्दा अधिक भयो । प्रायः मुटुको धड्कन घटने—बढ्ने हुन्छ भने तुरुन्तै डाक्टरलाई देखाउनुपर्ने हुन्छ ।’

—आजतकबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ