२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकामा बालबालिका बढ्दो मंकीपक्स संक्रमण, ११ राज्यका ३१ बालबालिकामा संक्रमण

अमेरिकामा बालबालिका बढ्दो मंकीपक्स संक्रमण, ११ राज्यका ३१ बालबालिकामा संक्रमण


मंकीपक्सका कारण अमेरिकामा बालबालिका प्रभावित भइरहेका छन् । समाचार एजेन्सीहरुकाअनुसार अमेरिकाका ११ राज्यका ३३ बालबालिकामा मंकीपक्सको संक्रमण पुष्टि भएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्स (सिडीसी)काअनुसार सबै ५० राज्यमा मंकीपक्सका बिरामी देखा परेका छन् । जसमा न्यूयोर्क र क्यालिफोर्नियामा सबैभन्दा बढी संक्रमित पाइएका छन् ।

टेक्सास डिपार्टमेन्ट अफ स्टेट हेल्थ सर्विसको तथ्यांकअनुसार यहाँ ९ बालबालिका मंकीपक्सबाट संक्रमित भएका छन् । एक जना वयस्कको मंकीपक्स संक्रमणका कारण निधन भएको छ ।

स्वास्थ्य अघिकारीहरुकाअनुसार मंकीपक्सले इम्युन सिष्टम कमजोर हुने बिरामीलाई बढी प्रभावित पारिरहेका छ । त्यस्ता व्यक्तिहरुलाई लक्षण देखिने बितिकै उपचार सुरु गर्न आव्हान गरिएको छ ।

मंकीपक्स आउटब्रेक हुनेबितिकै अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै नागरिकलाई खोप पु¥याइने बताएका थिए । तर, अधिकारीहरुले अति जरुरी भएका व्यक्तिलाई पनि खोप दिन नसकिएको बताएका छन् ।

मंकीपक्स हालसम्म १०३ देशमा फैलिएको छ भने ५४ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ