२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यसामाजिक सुरक्षा कोष र किष्टल डाइग्नोष्टिकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

सामाजिक सुरक्षा कोष र किष्टल डाइग्नोष्टिकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता


काठमाडौं—सामाजिक सुरक्षा कोष र किष्टल डाइग्नोष्टिक प्रा.लि.बीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बिहीबार सामाजिक सुरक्षा कोषका निर्देशक निर्देशक उत्तमराज नेपाल र किष्टल डाइग्नोष्टिक प्रा.लि.का प्रबन्ध निर्देशक रवीन्द्र केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कोषले स्वास्थ्य सेवा सञ्चालन गर्न छनोट भएका स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरिरहेको छ । सोहीअनुसार किष्टलसँग सम्झौता भएको हो । सो अवसरमा सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत ऋषिराम पाण्डेय र किष्टलका प्रमुख कार्यकारी अधिकृत सुनिल राउतको विशेष उपस्थित रहेको थियो । कोषले निजी क्षेत्रको डाइग्नोष्टिक सेन्टरसँग पहिलोपटक सम्झौता गरेको हो ।

सामाजिक सुरक्षा कोषसँगको सम्झौतापछि किष्टलले कोषमा लगातार तीन महिना बढी योगदान गरिरहेका योगदानकर्ताहरुको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधी, २०७५ मा उल्लेख भएअनुसार सेवाहरु प्रदान गर्नेछ । जसमा चिकित्सक परामर्श, अस्पताल भर्ना तथा शल्यक्रिया, रोगको परीक्षण तथा उपचार सेवा र औषधी प्रदान गर्नुपर्नेछ । यसैगरी, योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्म शिशुको स्याहार र अस्पताल भर्ना नभएको तर अस्पताल आवातजावत गर्न नसक्नेलाई घरमै गएर प्रदान गरेको परामर्श सेवा, दुर्घटना तथा अपांगता सुरक्षा योजनाअन्तर्गतको उपचार सम्बन्धी सेवा प्रदान गर्नेछ ।

कोषले अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँसम्म, प्रसुति तथा नवजात शिशुको उपचारमा १ लाखसम्म, अस्पताल भर्ना नभएर उपचार गर्नुपर्ने योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रीप्सन बमोजिम वार्षिक रुपमा बढीमा २५ हजार रुपैयाँ नबढ्ने गरी ८० प्रतिशत शुल्क उपलब्ध गराउनेछ । २० प्रतिशत शुल्क भने बिरामी आफैले तिर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय आईएसओ प्राप्त किष्टल डाइग्नोष्टिक क वर्गको प्रयोगशाला हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ