२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबढी ट्राफिकका कारण बालबालिकाको स्मरणशक्तिमा ह्रास, मानसिक विकास २३.५ प्रतिशत रोकिन सक्छ

बढी ट्राफिकका कारण बालबालिकाको स्मरणशक्तिमा ह्रास, मानसिक विकास २३.५ प्रतिशत रोकिन सक्छ


स्कुल जाने समयमा बालबालिकाको स्कुल रुटमा बढी ट्राफिक हुनाले बालबालिकाको स्मरणशक्ति कमजोर हुने पाइएको छ । स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका शोधकर्ताहरुले बार्सिलोनाका ३८ स्कुलमा पढ्ने बालबालिकामा गरेको अनुसन्धानबाट यो तथ्य अगाडि आएको हो ।

७ देखि १० वर्षका २६८० बालबालिकामा भएको यो अनुसन्धानबाट बाहिरी ध्वनिको स्तरमा ५ डेसिबल वृद्धि हुन्छ भन्ने यसले स्मरण गर्ने क्षमता ११.५ प्रतिशत कम हुन्छ । यस्तै, कठिन काम गर्ने क्षमताको विकासमा पनि २३.५ प्रतिशत कम हुन्छ । यसका साथै पढाइप्रति हुने ध्यान ४.८ प्रतिशतसम्म घट्न जान्छ ।

यो शोधका लेखक जोर्डी सनयरकाअनुसार अनुसन्धानले यो सिद्धान्तको समर्थन गर्छ कि बचपन एक कमजोर अवधि हो । ध्वनि प्रदुषण किशोरावस्थाभन्दा पहिले हुने स्मरणशक्तिको क्षमता विकासको प्रक्रियालाई पनि ढिला बनाउँछ । भविष्यमा यो समस्यालाई ध्यान दिएर स्कुललाई यस्तो ठाउँमा बनाउनुपर्छ जहाँ ध्वनि र ट्राफिक कम हो ।

बाहिरी र आन्तरिक ध्वनिको तुलनामा शोधकर्ताहरुले यो पाए कि ध्वनि भएको खेल मैदान भएका स्कुलका बालबालिकाहरुले सबै परीक्षणमा खराब प्रदर्शन गरे । ध्वनिरहित कक्षाले केवल बच्चखाको ध्यानलाई प्रभावित गर्छ न कि उनीहरुको स्मरणशक्ति ।

अध्ययनका प्रमुख लेखक डा. मारिया फोस्टरकाअनुसार खोजबाट कक्षाकोठाभित्रको ध्वनि औसत डेसिबल स्तरभन्दा बढी हुनाले न्युरोडेभलपमेन्टका लागि खतरा सावित हुन सक्छ ।

युनिभर्सिटी इन्स्टिच्युट फर प्राइमरी केयर रिसर्च जोर्डी गोलका शोधकर्ताले ९ देखि १२ वर्षको उमेरका बच्चामाथि गरिएको शोधमा यो पाए कि बढी वायु प्रदुषण, ध्वनि प्रदुषण र ट्राफिक भएको क्षेत्रमा रहने बालबालिका मोटो हुने सम्भावना बढी हुन्छ ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ