२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यगुणस्तरीय सेवा दिने लक्ष्यका साथ भक्तपुरमा तीन करोड लगानीमा खुल्यो ‘क्लिनिक वान’

गुणस्तरीय सेवा दिने लक्ष्यका साथ भक्तपुरमा तीन करोड लगानीमा खुल्यो ‘क्लिनिक वान’


नयाँ व्यापारिक हबका रुपमा विकास हुँदै गरेको ठाउँ हो—भक्तपुरको सुर्यविनायक । त्यही कारण स्तरीय सेवासुविधासहितका व्यवसायिक फर्महरु आगमन यो क्षेत्रमा बढ्दैं गएको छ । केही वर्षदेखि जावलाखेलमा अत्याधुनिक क्लिनिक चलाइरहेको ‘क्लिनिक वान’ले पनि ६ महिनादेखि सुर्यविनायकको रामदेवी कम्प्लेक्सबाट आफ्नो शाखा स्थापना गरेर सेवा दिइरहेको छ ।

रामदेवी कम्प्लेक्सको चौथो तलाको झण्डै ७ हजार स्वाक्यर फिटमा क्लिनिक वान सञ्चालनमा छ । झण्डै ३ करोड लगानीमा गुणस्तरीय सेवा दिने योजनाका साथ क्लिनिक सुरु गरिएको क्लिनिक वानका प्रबन्ध निर्देशक सन्तोष पौडेल बताउँछन् । ‘हामी ६ महिनाअघि भक्तपुरमा शाखा खोलेका हौं,’ उनले भने, ‘भक्तपुरमा क्लिनिक वान खोल्नुको चार वटा उद्देश्य छन् ।’

उनकाअनुसार तीन चार वटा उद्देश्यहरुमा भक्तपुरमा गुणस्तरीय उपचार, ग्राहक सेवामा केन्द्रित क्लिनिक, ज्वरो आउँदा पनि काठमाडौं जानुपर्ने बाध्यता हटाउनु, नजिकै सुलभ सेवा दिनु हो । यही कारण भक्तपुरमा क्लिनिक वान स्थापना गरिएको हो । क्लिनिक वानले भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक मात्रै नभएर सिन्धुलीजस्ता टाढा क्षेत्रबाट पनि सेवा लिन आउने सम्भावनाको क्षेत्र भएको आफ्नो सेवा विस्तार गरेको हो ।

क्लिनिकमा २२ जना विशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेको सन्तोष बताउँछन् । चिकित्सकबाहेक थप २२ जना नर्स, पारामेडिक्सलगायतका कर्मचारी क्लिनिकमा कार्यरत छन् । ‘गुणस्तरीय सेवासहितको सुविधायुक्त वातावरण छ । हाम्रो हेल्थकेयर स्ट्याण्डर भएपनि सामान्य क्लिनिकको जति नै हाम्रो शुल्क छ,’ प्रबन्ध निर्देशक पौडेलले सुनाए, ‘क्लिनिक एक लेभलमा यति नै स्ट्याण्डर हुनुपर्छ भन्ने देखाउन चाहन्छौं ।’ उनले आफूहरुको लक्ष्य नै ‘क्लिनिक वान’ जहाँ जान्छ त्यही गुणस्तर पु¥याउन रहेको दावी गरे । ‘गुणस्तरीय उपचार, प्रविधिअनुसार चलेको क्लिनिक, विश्वनीय ल्याब रिपोर्ट हाम्रो विशेषता हो,’ उनले थपे ।

भक्तपुरमा राम्रो क्लिनिक बनाउन लागि परेको उल्लेख गर्दै उनले आफूहरुले सबैजसो सेवाहरु दिइरहेको बताए । ‘हामीसँग विशेषज्ञ डाक्टर परामर्श, प्रयोगशाला, इमेजिङ, आँखाको सेवा, डेन्टल, खोप र फार्मेसीको सेवा छन्,’ उनले भने ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ