२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड-१९ महामारी नसकिएको भन्दै वैज्ञानिकले दिए चेतावनी, डेल्टा भेरियन्ट पुनः फैलिन सक्ने चिन्ता

कोभिड-१९ महामारी नसकिएको भन्दै वैज्ञानिकले दिए चेतावनी, डेल्टा भेरियन्ट पुनः फैलिन सक्ने चिन्ता


इजरायल—कोभिड-१९ को चौथो लहरको चर्चा चलिरहेका बेला वैज्ञानिकहरुले नयाँ चेतावनी दिएका छन् । एक इजरायली अध्ययनले कोभिड-१९ संक्रमण अझै नसकिएको र भविष्यमा कोभिड-१९ को डेल्टा भेरियन्टले कोभिड केसहरुमा वृद्धि हुन सक्ने बताइएको छ ।

यो दावी इजरायलको बेन गुरियन विश्वविद्यालयका शोधकर्ताको टिमद्वारा गरिएको हो । उक्त टिम हालैमात्र एक अध्ययन गरेर यो निष्कर्षमा पुग्यो कि भविष्यमा कोभिडको डेल्टा भेरियन्ट र यसका सब भेरियन्टका कारण कोभिड-१९ केसहरु द्रुत रुपमा बढ्न सक्छन् ।

कोभिड-१९ को डेल्टा भेरियन्टकै कारण कोभिडको दोस्रो लहर आएको थियो । यो एक घातक भेरियन्ट हो, जसका कारण संसारका धेरै देशहरु प्रभावित भएका थिए ।

नयाँ अध्ययनको निष्कर्ष साइन्स जर्नल द टोटल एनभाइरोमेन्टमा प्रकाशित गरिएको छ । यो अध्ययनमा कोभिड—१९ को डेल्टा भेरियन्ट कति नोक्सानदायक छ भन्ने विषयमा केन्द्रीत छ ।

अध्ययनकाअनुसार डेल्टा ती सबै भेरियन्टभन्दा अगाडि छ, जो यसअघि अस्तित्वमा आएका थिए । डेल्टापछि जब ओमिक्रोन संक्रमण देखिएको थियो । अहिले पनि डेल्टा भेरियन्टका छिटफुट केसहरु देखिइरहेका छन् । यही कारण भविष्यमा डेल्टा भेरियन्ट फेरि बढ्न सक्ने र घातक रुप लिनसक्ने कारण बन्न सक्नेप्रति वैज्ञानिकहरुले सचेत गराएका छन् ।

बेन—गुरियन विश्वविद्यालयले फोहोर पानीमा रहेका नमुनाहरुको जाँच गरेर विभिन्न भेरियन्टबीचको अन्तर केलाउन कोसिस गरेको थियो । यसबाट कोभिड—१९ भाइरस कहाँ कहाँ सक्रिय छ भनेर पत्ता लगाउन प्रयास गरिएको थियो । डिसेम्बर २०२१ देखि जनवरी २०२२ सम्मको तथ्यांकहरु विश्लेषण गरेर अध्ययनको निष्कर्ष निकालिएको थियो ।

युनिभर्सिटीका प्रोफेसर एरियल कुश्माराका भने, ‘अध्ययनका दौरान हाम्रो टेष्ट मोडलबाट पत्ता लाग्यो कि यस पटक गर्मीमा कोभिडको अर्को लहर आउन सक्छ । जसको कारण डेल्टा वा अन्य केही कोभिड भेरियन्ट बन्न सक्छन् ।’

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ