२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यअमेरिकी वैज्ञानिकहरुको दावीः दैनिक १० हजार कदम हिडदा मृत्युको खतरा ५३ प्रतिशत कम

अमेरिकी वैज्ञानिकहरुको दावीः दैनिक १० हजार कदम हिडदा मृत्युको खतरा ५३ प्रतिशत कम


पैदल हिड्नुका फाइदाबारेका धेरैलाई थाहा भएकै कुरा हो । यो एउटा यस्तो एक्ससाइज हो, जुन कुनै पनि मानिसले सहजै गर्न सक्छन् । अहिलेको व्यस्त जीवनशैलीमा विशेषज्ञहरु हिड्डुल गर्ने सल्लाह दिन्छन् ।

यसले हाम्रो शारीरिकसँगै मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ । हालै गरिएको एक अनुसन्धानमा दैनिक १० हजार कदम हिड्नाले मृत्युको खतरा काफी कम हुने देखाएको छ ।

यो अनुसन्धान अमेरिकी युनिभर्सिटी अफ मासाच्युसेट्सका वैज्ञानिकहरुले गरेका थिए । जुन ल्यान्सेट पब्लिक हेल्थ जर्नलमा प्रकाशित भएको छ । वैज्ञानिकहरुले ४ महाद्धीपका ५० हजार मानिसहरुमा गरिएको १५ स्टडीलाई विश्लेषण गरेका छन् । यस तथ्यांकबाट यो पत्त लागेको छ कि दैनिक पैदल हिड्ने व्यक्तिको स्वास्थ्य राम्रो हुनुका साथै आयु लामो हुन्छ ।

अनुसन्धानका क्रममा ५० हजार मानिसलाई ४ समूहमा बाँडिएको थियो । पहिलो समूह औसत ३ हजार ५ सय कदम, दोस्रो समूह ५ हजार ८ सय कदम, तेस्रो समूह ७ हजार ५ सय कदम र पाँचौ समूह १० हजार ९ सय कदम पैदल हिडने थिए । अनुसन्धानकाअनुसार जो तीन समूह सबैभन्दा सक्रिय थिए, उनीहरुमा मृत्युको जोखिम ४० देखि ५३ प्रतिशतसम्म कम पाइएको थियो ।

अनुसन्धानमा वैज्ञानिकहरुले यो पाए कि दैनिक १० हजार कदम हिड्न जरुरी छैन । यदि ६० वर्षभन्दा कम उमेरका मानिसहरु ८ देखि १० हजार कदम र ६० वर्षभन्दा माथिका व्यक्ति ६ देखि ८ हजार कदम हिड्नाले उनीहरुलाई काफी फाइदा हुन्छ ।

युनिभर्सिटी अफ मासाच्युसेट्स एमहस्र्ट फिजिकल एक्टीभिटी इपिडिमियोलोजिष्ट अमान्डा पालुचकाअनुसार अनुसन्धानको नतिजामा हिड्ने गतिको लामो आयुसँग कुनै कनेक्सन छैन । यसको मतलब गति तेज वा विस्तारैभन्दा पनि कदमको सख्ंया जरुरी छ । तसर्थ, तपाई दैनिक जति बढी हिड्नु हुन्छ, उति नै मृत्युको खतरा कम हुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ