२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यके हो मौसमी डिप्रेशन, कसरी बच्ने ?

के हो मौसमी डिप्रेशन, कसरी बच्ने ?


मौसम परिवर्तनसँग सम्बन्धित रहेको कारण पनि अधिकांश व्यक्तिहरु डिप्रेशनको शिकार हुने गर्छन् । उनीहरु प्रायजसो समय दुःखी नै रहने गर्छन् । तर, दुःख मात्र डिप्रेशनको कारण नभएको र यो मौसम विविधताको कारण सूर्यको किरणसँग पनि सम्बन्धित रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेको छ ।

यसले हाम्रो भित्री जैविक तत्व, मेलाटोनीन तथा सेरोटोनीनको उत्पादनमा समेत प्रत्यक्ष प्रभाव पार्दछ । चिन्तित रहिरहने समस्यालाई ‘मौसमी डिप्रेशन’को रुपमा पनि लिइन्छ । गर्मीयाममा पनि ब्यक्तिमा यस समस्या देखा पर्ने भएता पनि तुलनात्मक रुपमा यो जाडोयाममा बढी देखा पर्दछ । यस्ता व्यक्तिहरुमा निम्न समस्या देखा पर्दछ ।

  •  मुड परिवर्तन भइरहने
  • कमजोरी महसुस हुने
  • आशावादी नरहने
  • सुस्त तथा चिन्तित रहने
  • लामो समयसम्म सुतिरहने
  • खाइरहने
  • तौल बढ्ने ।

यस्ता समस्या प्रायजसोः चिसो मौसम रहेको तथा घाम नलाग्ने देशहरुमा बढी देख्ने गरेको छ । खास विशेष अध्ययन नभएतापनि अमेरिकामा ४ देखि ६ प्रतिशत व्यक्तिहरु यस्ता समस्याबाट गुज्रिएको अनुमान गरिएको छ । यसअन्र्तगत पनि अन्य सहरहरुको तुलनामा सबैभन्दा बढी प्रभाव वासिङटन डिसीमा ७ गुणा बढी देखिएको छ ।

मौसम परिवर्तनको क्रमसँगै प्रायजसो व्यक्तिहरु डिप्रेशनको शिकार हुने क्रम पनि बढ्दै गएको छ । यसैगरी कतिपय व्यक्तिहरुले यसै कारण आत्महत्याजस्ता जघन्य र भयानक बाटो रोज्ने पनि गरेको पाइन्छ । व्यक्तिमा दुःखित हुने समस्या परिवर्तित मौसमसँगै देखा परिरहने हुन्छ । यसरी मौसमी रुपमा देखा पर्ने डिप्रेशन मानसिक समस्या भएतापनि यसअन्तर्गत व्यक्तिहरुमा शारीरिक दुर्बलता देखा पर्दछ ।

मौसमी डिप्रेशनबाट टाढा रहने उपायहरु

भिटामिन डीको प्रयोग
केहि विज्ञहरुले आफ्नो अनुसन्धानको प्राप्त तथ्यांकलाई आधार मान्दै यस्ता डिप्रेशनको कारण बादल लागेको वा घाम नलाग्ने दिन पनि भनेका छन् । बादल लागेको दिनमा घामबाट प्राप्त हुने भिटामिन डी वापत पनि वञ्चित हुने भएकोले पनि व्यक्ति यस्ता समस्याबाट गुज्रिने उनीहरुको अनुमान रहेको छ । तसर्थ हामीले यस्ता समस्या देखा नपरोस् भन्नका लागि घाम ताप्नुका साथै भिटामित डी युक्त (चिज, गाँजर, आरु, एभोकाडो, आँप, ब्रोकाउली तथा अण्डा जस्ता आदि) खानाहरुको प्रयोग गर्नु पर्दछ ।

बाहिर निस्कने
बाहिर निस्केर हिड्नाले घामको किरणको साथै यसले हाम्रो मुडलाई उचित राखी शरीरमा भिटामिन डी को मात्रा समेत बढाउँछ । यसैगरी यसो गर्नाले व्यक्तिको शारीरिक पक्षमा त फाइदा पु¥याउँछ नै यसका साथै व्यक्तिमा तनाव, चिन्ता तथा पीडाबाट टाढा राख्न मद्दत गर्दछ ।

लाइट थेरापी
मौसमीअनुसार हुने मौसमी डिप्रेशन समस्या विशेषगरी जाडोयाम र मधुरो घामसँग सम्बन्धित हुन्छ । तसर्थ घामको उज्यालो नभएतापनि यस्ता समयमा व्यक्ति सदैव प्रकाशको उज्यालोमा बस्नु पर्दछ । यसले प्राकृतिक रुपमा घामले प्रदान गर्ने ताप र प्रकाश प्रदान नगरेतापनि सुर्यको अभावमा शरीरको कोषमा पुगेको आघातमा केही मात्रामा भएपनि सुधार ल्याउने काम गर्दछ ।

स्वस्थ्य खाना
मौसमी डिप्रेशनको कारण व्यक्तिलाई विशेषगरी गुलियो तथा कार्बाेहाइड्रेटयुक्त खाना खान मन लाग्ने हुन्छ । त्यस्ता खाना स्वास्थ्यको दृष्टिकोणले उचित नभएको र त्यसले कालान्तारमा गएर नकरात्मक असर पार्ने भएकोले व्यक्तिले यस समयमा फलफूल, हरियो तरकारी, गेडागुडी तथा गहुँजस्ता पौष्टिकयुक्त खानाहरुको प्रयोग गर्नुपर्दछ ।

योगा
सन् २००८ मा गरिएको एकअध्ययन अनुसार योगाले व्यक्तिको शारीरिक पक्षमा भन्दा मानसिक स्वासथयमा बढि फाइदा पु¥याउँछ । यसले व्यक्तिको श्वासप्रश्वास प्रणलीमा समेत सुधार ल्याउन मद्धत गर्दछ । त्रियोगाका योगा गुरु विल्किन्सनको अनुसार, यसले व्यक्तिलाई ऊर्जा प्रदान गर्दछ । ‘योगाले व्यक्तिमा भएको तनाव तथा चिन्तालाई सदाको निम्ति खतम नगरेता पनि यसले ब्यक्तिलाई चेतना प्रदान गर्दछ । जसले ती देखा परेका चिन्ता तथा तनावलाई ब्यवस्थित गर्न मद्दत गर्दछ,’ उनले भनिन् । यस्ता समस्याबाट राहत पाउनको निम्ति ‘विपरित करणी’ उचित रहने उनले बताइन् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ