२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यक्वीन मेरी युनिभर्सिटीको अनुसन्धानः दक्षिण एसियाली मानिसहरुमा भुल्ने समस्याको जोखिम बढी

क्वीन मेरी युनिभर्सिटीको अनुसन्धानः दक्षिण एसियाली मानिसहरुमा भुल्ने समस्याको जोखिम बढी


बेलायतस्थित क्वीन मेरी युनिभर्सिटीमा भएको एक अनुसन्धानमा श्वेत मानिसहरुको तुलनामा अश्वेत र दक्षिण एसियाली मानिसहरुमा डिमेन्सीया (भुल्ने बिमारी) को जोखिम बढी रहेको देखाएको छ । यसको जोखिम गरिब इलाकामा दुई गुणा बढी रहेको पाइएको छ ।

नश्लभेद, जातिवाद र गरिबीबाट उत्पन्न तनावबाट यो समस्याको जोखिम अझ बढ्न सक्छ । अनुसन्धानमा भनिएको छ कि स्वास्थ्य सेवाको असमानता हटाउन अलग—अलग समुदायमा डिमेन्सियाको रोकथाम गर्न जरुरी छ । क्वीन मेरी युनिभर्सिटीको अनुसन्धानमा करिब २० हजार मानिसहरुमा अनुसन्धान गरिएको थियो ।

द ल्यासेन्ट रिजनल हेल्थ युरोपमा प्रकाशित भएको अनुसन्धानअनुसार बाँकीको तुलनामा गरिबी भएको क्षेत्रमा रहने मानिसहरुमा डिमेन्सियाको जोखिम दुई गुणाभन्दा बढी हुन्छ । गरिबीसँग जोडिएको डिमेन्सिया कमसेकम १० जनामध्येमा १ जनामा पाइएको थियो । यसप्रकार हरेक १० मामिलामध्ये कमसे कम एक जातिवादसँग जोडिएको पाइएको छ ।

एक शोध रिपोर्टमा वैज्ञानिकहरुले अनुमान लगाएका छन् कि अघिल्लो तीन दशकमा मतिभ्रम वा डिमेन्सियाको समस्या तीन गुणा बढ्न सक्छ । अनुसन्धानमा डिमेन्सियाबाट पीडित ४ हजार १ सय ३७ को तथ्यांक अस्पताल र अन्य सामुदायिक स्वास्थ्य केन्द्रबाट जुटाइएको थियो । उनीहरुको समान उमेरका १५ हजार ७ सय ५४ स्वस्थ मानिसहरुसँग् तुलना गरिएको थियो । त्यसपछि सम्बन्धित तथ्यहरुको अध्ययन गरिएको थियो । यसमा अल्पसंख्यक समूहको स्वास्थ्यमा नश्लीय असमानताको प्रभाव पर्छ र यो सावित हुन्छ कि अश्वेत समुदायमा यो समस्याप्रति अधिक संवेदनशील छन् ।

प्रमुख अनुसन्धानकर्ता फाझा बोथोन्गोले भने, ‘जातीयता, नस्लभेद वा गरिबीको डिमेन्सियाबीच सम्बन्धलाई बुझ्नका लागि अझै धेरै अनुसन्धानको जरुरी छ ।’

लन्डनको क्वीन मेरी युनिभर्सिटीको अनुसन्धानले डिमेन्सियाको जोखिमको कारण अध्ययनका लागि सन् २००९ देखि २०१८ सम्म इष्ट लन्डनको बोरोको चार स्थानबाट मेडिकल रेकर्डको तथ्यांक जुटाएको थियो । ४ हजार १ सय ३७ डिमेन्सिया पीडित र समान उमेरका १५ हजार ७ सय ५४ स्वस्थ मासिनहरुको विश्लेषण गरिएको थियो ।

-भास्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ