२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यजानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग सहकार्य गर्दै

जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग सहकार्य गर्दै


काठमाडौं— प्रदेश नं २ स्थित जानकी मेडिकल कलेज मलेसियाको चर्चित माह्सा विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । सन् २००४ मा प्राध्यापक तानश्री डा. मोहम्मद हन्निफाले स्थापना गरेको माह्सा विश्वविद्यालय दक्षिण एसियाली मुलुकहरूमा उच्चस्तरीय शैक्षिक व्यवस्था स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको संस्था हो ।

उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्यका साथ जानकी मेडिकल कलेजले उक्त विश्वविद्यालयसँग सहकार्य सुरु गरेको हो । मेडिसिन, बायोसाइन्स, दन्त चिकित्सा, फार्मेसी, स्वास्थ्य विज्ञान, नर्सिङ, व्यापार, वित्त, आतिथ्य व्यवस्थापन, सूचना प्रविधिजस्ता विषयगत क्षेत्रहरूमा उच्च शिक्षा प्रदान गर्ने माह्सा विश्वविद्यालयसँग आवद्द भएर जानकी मेडिकल कलेजले आफ्नो विद्यार्थीहरूलाई अनुसन्धान र अभ्यासमा केन्द्रित शिक्षा दिने लक्ष्य लिएको कलेजका विभागीय प्रमुख प्रा. रामप्रसाद उप्रेतीले जानकारी दिए ।

माह्सा विश्वविद्यालयसँगको संयुक्त प्रेस विज्ञप्तीमा जानकी मेडिकल कलेजले उक्त विश्वविद्यालयसँग आवद्द हुँदाको सकारात्मक पक्षहरूलाई व्याख्या गर्दै खुशी व्यक्त गरेको छ । माह्सा विश्वविद्यालय र जानकी मेडिकल कलेजबीच मेडिकल क्षेत्रमा संयुक्त अनुसन्धान, विद्यार्थी आदान–प्रदानलगायतका कुराहरूमा सहकार्य गर्ने सम्झौता भएको छ ।

जानकी मेडिकल कलेजका विभागीय प्रमुख प्रा. उप्रेतीले यो सहकार्यले स्वास्थ्य क्षेत्रलाई मात्र नभई दुई राष्ट्रको सम्बन्धलाई पनि सुदृढ़ बनाउने बताए । आगामी दिनहरूमा यसरी नै अन्य विश्वस्तरीय संस्थाहरूसँग सहकार्य गरेर जानकी मेडिकल कलेजलाई नेपालकै उत्कृष्ट मेडिकल शिक्षण संस्था र अस्पताल बनाउने योजना भएको उनले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ