२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यएचआईभीका बिरामी ९ महिनासम्म कोभिड-१९ बाट संक्रमित, २१ पटक भाइरस म्युट्रेसन

एचआईभीका बिरामी ९ महिनासम्म कोभिड-१९ बाट संक्रमित, २१ पटक भाइरस म्युट्रेसन


केपटाउन—दक्षिण अफ्रिकामा एक जना एचआईभीका बिरामी ९ महिनासम्म कोभिड-१९ बाट संक्रमित रहेको पाइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुकाअनुसार दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले गरेको एक खोजमा एचआईभीसँग जुधिरहेकी एक महिनालाई कोभिड-१९ संक्रमण भएपछि शरीरमा ९ महिनासम्म भाइरस रहेको थियो ।

सो क्रममा उक्त भाइरस २१ पटक म्युट्रेसन भएको थियो । कमजोर प्रतिरोधात्मक क्षमताका कारण ती महिलामा भाइरसको संक्रमण यति लामो समय रहेको हुन सक्ने वैज्ञानिकहरुले आँकलन गरेका छन् । यसरी लामो समयसम्म भाइरस एकै जना संक्रमितमा रहेर पटक-पटक म्युट्रेशन हुँदा त्यसले गम्भीर प्रकारको भेरियन्ट फैलन सक्ने चिन्ता रहन्छ ।

युनिभर्सिटी अफ क्याजुलु-नटालका वैज्ञानिकहरुको अनुसन्धानमा कोभिड-१९ संक्रमित भएकी २२ वर्षीया एक महिलामा भाइरस ९ महिनासम्म रहेको थियो । यस दौरान उनको एचआईभी एडसको उपचारसमेत राम्रोसँग चलिरहेको थिएन । जब ती महिलालाई चिकित्सकहरुले एचआईभीका विरुद्ध एन्टी-रेट्रोभाइरल औषधी दिन सुरु गरे, ती महिलाको( इम्युन सिष्टम बलियो हुँदैं गएको थियो । त्यसको ६ देखि ९ हप्तामा उनी कोभिड—१९ बाट रिकभर भएकी थिइन् ।

अनुसन्धानमा महिलाको शरीरमा रहेको स्पाइक प्रोटिनमा मात्रै १० वटा म्युट्रेशन भएका थिए । यो अनुसन्धानपछि कमजोर इम्युनिटी भएका व्यक्तिहरुमा कोभिड-१९ भाइरस चाडो म्युट्रेशन हुने देखिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ