२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाँच वटा अस्पतालका ८ सय बढी चिकित्सक कोभिड-१९ संक्रमित, बिरामीको उपचारमा समस्या

पाँच वटा अस्पतालका ८ सय बढी चिकित्सक कोभिड-१९ संक्रमित, बिरामीको उपचारमा समस्या


नयाँदिल्ली- ‘सरकार भेन्टिलेटर, हस्पिटल, अक्सिजन, बेड, भवन सबै कुरा पैसाबाट खरिद गर्न सक्छ । तर, डाक्टर पैसा दिएर एक झट्का खरिद गर्न सकिदैन् । एक रेजिडेन्ट चिकित्सक तयार हुनका लागि एकदशक लाग्छ । जो ७००—८०० डाक्टर पोजेटिभ भए, तिनीहरुमा म पनि एक हुँ । हामीलाई क्वारेन्टाइनका लागि केवल ७ दिनको समय दिइएको छ, त्यसपछि बिना टेष्ट ड्युटी ज्वाइन गर्ने सल्लाह दिइएको छ । हेल्थकेयर सिष्टम त्यतिबेला मजबुत हुनेछ, जब डाक्टर नै स्वस्थ हुन्छन् ।’

यो पीडा दिल्लीको इएसआई रेजिडेन्ट डाक्टर रोहन कृष्णनको हो । रोहन अहिले कोभिड—१९ पोजेटिभ छन्, उनीजस्तै अहिले नयाँ दिल्लीका चिकित्सकहरुमा तीब्र रुपमा कोभिड संक्रमण फैलिइरहेको छ । दिल्लीका प्रमुख ५ वटा हस्पिटलका करिब ८ सयभन्दा बढी चिकित्सकमा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ ।

पोजेटिभ चिकित्सकहरुको सम्पर्कमा आएका चिकित्सक र पारामेडिक्सहरु पनि आइसोलेसनमा छन् । स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित हुन थालेपछि यसको गम्भीर असर स्वास्थ्य प्रणालीमा परेको छ । अस्पतालमा दैनिक चेकजाँच, ओपीडी र अत्यावश्यकबाहेक सर्जरीहरुलाई बन्द गरिएको छ ।

हस्पिटलहरुमा सबैभन्दा खराब हालत एम्स दिल्लीको छ । भारतीय सञ्चार माध्यमहरुकाअनुसार एम्सका करिब ३ सय रेजिडेन्ट कोभिड—१९ संक्रमित भएका छन् । यो आँकडा रेजिडेन्ट चिकित्सकको मात्रै हो, यसमा फ्याकल्टी र पारामेडिक्सहरुलाई समेत जोड्ने हो भने आँकडा अझै बढ्न जान्छ । अहिले एम्समा आउट पेसेन्ट सर्विस, रुटिङ एडमिसन र सर्जरी बन्द गरिएको छ । पछिल्ला दुई दिनमा मात्रै एम्सका १्५० रेजिडेन्ट डाक्टर पोजेटिभ पाइएका थिए ।

भारतीय सञ्चारमाध्यमकाअनुसार अर्को अस्पताल सफदरजंगका ८०—१०० चिकित्सक, राममनोहर लोहिया अस्पतालका १०० बढी चिकित्सक, लोकनायक अस्पतालका ५०—७० चिकित्सक, लेडी हार्डिङ मेडिकल कलेजका १५० रेजिडेन्टमा कोभिड संक्रमण पुष्टि भएको छ । चिकित्सकहरु नै संक्रमित भएपछि बिरामीको उपचारमा समस्या सिर्जना भएको छ ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ