दुई दिने आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

स्याङ्जा -स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका ८ दामाचौरमा आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यु जेनेरेशन युवा क्लव रत्नपुरले आयोजना गरेको बुधबार र बिहिबारको नि:शुल्क शिविरमा बीएम फाउण्डेशन, ताइवान प्रिभेन्ट व्लाइन्डनेश (टीपीवी) र रोटरी क्लव अफ काठमाडौँ नर्थले मद्दत थियो ।
उक्त शिविरमा आँखासँगै मुख तथा दन्त स्वास्थ्यको महत्वबारेमा समेत प्रशिक्षण दिइयो । शिविरमा सहभागीहरुलाई आँखाको परीक्षण ८५१ जनाले र मुख तथा दन्त परीक्षण ३७१ जनाले गराएका थिए ।
प्राविधिक सहयोगका लागि बीएम टीपीबी आँखा उपचार केन्द्र सुन्तलीटार, कान्तिपुर डेन्टल हस्पिटल पोखरा, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स पोखरा, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौँको थियो । उक्त शिविरका लागि प्रभु बैक र गरिमा विकास बैकले समेत साझेदारी गरेका थिए ।
आँखा स्वास्थ्य परीक्षणका लागि बीएम टीपीबी आँखा उपचार केन्द्र सुन्तलीटारबाट दिपिका गौतम, अनिता कुमाल लगायतको टोली खटिएको थियो । दन्त परीक्षणका लागि डा रोजी श्रेष्ठ, डा सिजन मरासिनीको नेतृत्वमा टोली खटिएको थियो । डा श्रेष्ठले शिविरमा अरु १३ जना डेन्टल हाइजिनिष्ट, ५१ जना बीडीएस तेस्रो वर्षका विद्यार्थीहरु सहभागी भएको जानकारी दिए ।
फाउन्डेशन, रोटरी र केडीसीले आँखा तथा मुख स्वास्थ्यको क्षेत्रमा नियमित रुपमा निशुल्क स्वास्थ्य शिविरहरु गर्दै आएको छ । स्वास्थ्य परीक्षणका लागि शिविरमा स्याङ्जाको चापाकोट नगरपालिका सहित तनहुँ र पाल्पाका बासिन्दाहरुको समेत उपस्थिति थियो ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
तपाईको प्रतिक्रिया दिनुहोस