गृहपृष्ठ ∕ अन्य ∕ कोभिड जस्ता संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने यी योगासन कोभिड जस्ता संक्रमणसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउने यी योगासन हेल्थ आवाज मंगलबार, २०७८ पुस ६ गते, ०५:३० मा प्रकाशित कोभिड-१९ महामारी सुरु भएयता विश्वभर करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् । यससँगै यसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टले पनि बिस्तारै जनमानसहरूलाई त्रसित बनाइरहेको छ। महामारीको सुरुवातदेखि नै हामीले सबैभन्दा धेरै सुनेको एउटा कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता हो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु जरुरी छ । इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जसलाई सुधार्नको लागि तपाईले आफ्नो जीवनशैलीमा सानातिना परिवर्तनहरू गर्नुपर्ने हुन्छ। कोभिड-१९ देखिएसँगै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिइँदै आएको छ । यस्तो अवस्थामा यदि तपाइ यी रोगहरूबाट बच्न र संक्रमणको सामना गर्न आफ्नो शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने यी योगासनको मद्दत लिन सक्नुहुन्छ। हलासन यो आसन गर्नका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युको बलमा सुत्नुहोस्। अब दुवै हत्केलालाई आफ्नो छेउको भुइँमा राख्नुहोस्। एकै साथ दुवै खुट्टा 90 डिग्री माथि उठाउनुहोस्। केही समय यस अवस्थामा बस्नुहोस्। यस बीचमा आफ्नो दुवै हत्केला भुइमा राख्नुहोस्। अब बिस्तारै आफ्नो खुट्टा टाउको पछाडि सार्नुहोस्। ३० सेकेन्डको लागि यो स्थितिमा रहन प्रयास गर्नुहोस्। भुजंगासन यो आसन गर्नको लागि सबैभन्दा पहिले पेटले टेकेर सुत्नुहोस् । अब आफ्नो दुवै हत्केलालाई काँधको चौडाइबाट टाढा भुइँमा राख्नुहोस्। अब शरीरको तल्लो भाग भुइँमा राख्नुहोस् र लामो श्वास लिनुहोस्। यसपछि शरीरको माथिल्लो भागलाई बिस्तारै जमिनभन्दा माथि उठाउनुहोस्। यस पोजिसनमा केही बेर बसेपछि श्वास छोड्ने क्रममा त्यही स्थितिमा भुइँमा फर्कनुहोस्। सुखासन यो आसन गर्नको लागि सबैभन्दा पहिले ध्यानको आसनमा बस्नुहोस्। अब दाहिने हातको मद्दतले आफ्नो बायाँ नाडीलाई पछाडिबाट समात्नुहोस्। यस बीच काँधहरू पछाडि तान्दै श्वास फेर्नुहोस्। अब श्वास छोड्दा अगाडि झुक्नुहोस्। यसपछि दाहिने घुँडाले टाउको छुनुहोस्। त्यसपछि बिस्तारै श्वास फेर्दै पहिलेको स्थितिमा फर्कनुहोस्। -एजेन्सी क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा २९ चैतमा दोस्रो ह्याम्स संवाद श्रृखला नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम