२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडो मौसममा स्ट्रोक र हृद्धयघातबाट बच्न अपनाउनुहोस् ‘२०:३०:४०’ फर्मुला

जाडो मौसममा स्ट्रोक र हृद्धयघातबाट बच्न अपनाउनुहोस् ‘२०:३०:४०’ फर्मुला


जाडोको मौसमा रुघाखोकीको मौसम पनि मानिन्छ । तर, कयौ कुरामा शरीरलाई यसले नोक्सान पु¥याउँछ । अधिक चिसोले मुटुमा दबाब बढाउँछ । रक्तनलीहरु खुम्चिन्छन् । जसका कारण रक्तचाप बढ्नुका साथै स्ट्रोक वा हृदयघातजस्ता समस्याको खतरा पनि बढ्छ ।

युरोपियन जर्नल अफ इपिडिमियोलोजीकाअनुसार जो व्यक्ति मोटो हुन्छन्, धुम्रपान गर्छन् वा उक्त रक्तचापको समस्याबाट पीडित छन् । उनमा स्ट्रोक एवं हृदयघातको खतरा ३० प्रतिशत बढी हुन्छ । अमेरिकी एजेन्सी सीडीसीकाअनुसार यदि रक्तचाप बढिरहेको छ भने यसले केवल मुटुलार्य मात्रै असर गर्दैन, स्ट्रोकको खतरा पनि बढ्छ ।

अहिले फेरि चिसो बढ्न थालेको छ । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलका सिनियर भास्कुलर एण्ड कार्डियोथोरासिक सर्जन डा. केके पाण्डेले हृदयघात र स्ट्रोकका घटना घटाउनका लागि केही सुझावहरु दिएका छन् ।

१. रक्तचाप उच्च हुनु
मेयो क्लिनिककाअनुसार जाडोमा रक्तनलीहरु खुम्चिन्छन्, जसका कारण खुम्चिएका रक्तनलीबाट बग्न रगतलाई दबाब पर्छ । यही दबाबका कारण रक्तचाप बढ्छ ।

२. स्ट्रोकको खतरा बढी
अमेरिकी हार्ट एशोसिएसनकाअनुसार अत्याधिक चिसोका कारण रक्त गाढा र चिपपिच हुन्छ, जसका कारण सजिलै रगतका कलट बन्न थाल्छन् । धेरैजसो स्ट्रोक रगतका कलट बन्ने कारणले हुन्छन् । यो कलट मस्तिष्कका रक्तनलीको मार्गलाई असर गर्छन् ।

३. हृद्धयघातको अवस्था
न्यूयोर्कको माउण्ट सिनाईस्थित आइकन स्कुल अफ मेडिसिनकाअनुसार चिसोको सिजनमा चिसो र फ्लुबाट बचावका लागि इम्युन सिष्टममा रगतको स्तर कयौं गुणा बढ्छ । यसमा धमनीको आर्टरीहरुमा प्लक जम्मा हुन्छ । जसका कारण हृदयघातको सम्भावना बढ्छ ।

चिसोमा स्ट्रोक र हृद्धयघातबाट बच्नका लागि अपनाउनुहोस् २०ः३०ः४० को फर्मुला

२० मिनेट घाम : बिरामीसँग लड्नका लागि अधिक मात्रामा बन्छ एन्टीबडी
सिडिसीकाअनुसार कुनै पनि ब्याक्टोरिया वा भाइरससँग लड्नका लागि इम्युन सिष्टम एन्टीबडी बनाउँछ । घामका कारण शरीरमा यो एन्टीबडी अधिक मात्रामा बन्छ । यसका अलावा घाम सुन्निने र उच्च रक्तचापलाई पनि कम गर्छ । मस्तिष्कको काम गर्ने क्षमता बढ्छ । यसकारण दैनिक विहान घाममा २० मिनेट अवश्यक बस्नुहोस् ।

३० प्रतिशत प्रोटिनः चिसोमा भोकलाई कम गर्छ, तौल बढ्नबाट रोक्छ
शरीरमा सुर्यको किरण पर्नाले सेरोटोनिन हर्मोन रिलिज हुन्छ, जसले मुडलाई राम्रो बनाउँछ । यही हर्मोनले कार्बोाइड्रेट पनि रिलिज गर्छ । किनकी जाडोमा घामको तेज कम हुन्छ । जसका कारण भोकको अनुभूति बढी हुन्छ । प्रोटीन भोक बढाउने हर्मोन घ्रेलिनलाई कम गर्छ । खानामा लिइने क्यालोरी यदि ३० देखि ३५ प्रतिशत प्रोटीनबाट पूर्ति भएमा भोक कम लाग्छ । यसबाट तौल बढ्ने सम्भावना कम हुन्छ ।

४० मिनेट एक्ससाइज : रक्तचाप र स्ट्रोकको खतरा कम गर्छ
जाढोको समयमा दैनिक ४० मिनेट एक्ससाइज गर्नाले उक्त रक्तचाप र स्ट्रोकको खतरालाई २७ प्रतिशत कम गर्छ । इन्स्टिच्युट अफ साइकियाट्रीक, साइकोलोजी तथा न्यूरोसाइन्सकाअनुसार ४० मिनेट एक्ससाइज गर्ने व्यक्तिलाई डिप्रेसनको खतरा २८ प्रतिशतसम्म कम हुन्छ ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ