भारतमा बनेको एरोमाथेरापी स्प्रेमा खतरानाक ब्याक्टेरिया भेटिएको छ। जसको संक्रमणबाट यसवर्ष अमेरिकामा चार जना बिरामी परेका छन्।
ती बिरामीमध्ये दुई जनाको मृत्यु भैसकेको अमेरिकाको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ।
सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जाँचमा एरोमाथेरापी स्प्रे ‘बेटर होम्स एण्ड गार्डेन लेभेन्डर एण्ड क्यामोमाइल’मा बुर्खोल्देरिया स्यूडोमालेई नामक ब्याक्टेरिया फेला पारेको दावी गरेको छ।
नमूना प्राप्त गर्ने बितिकै बिरामीहरुको रगतको नमुना साथै चार बिरामीहरुको घर वरपर जमिन, पानी र उपभोक्ता उत्पादनहरु को जाँच एजेन्सीले गरिरहेको छ ।
स्प्रेको एक नमूना यस साता पोजेटिभ देखिएको हो । दूषित स्प्रे लगभग ५५ वालमार्ट स्टोरहरूमा र यसको वेबसाइटमा फेब्रुअरी र अक्टोबर २०२१ बीचमा बेचिएको थियो।
कम्पनीले त्यसपछि बाँकी स्प्रे बोतल र सम्बन्धित उत्पादनहरू स्टोर र वेबसाइटबाट हटाएको छ।
‘बेटर होम्स एण्ड गार्डन्स एसेन्शियल आयल इन्फ्युज्ड एरोमाथेरापी रुम स्प्रे विथ जेमस्टोन’ तत्काल प्रयोग बन्द गर्न सिडिसीले अनुरोध गरेको छ।
–एजेन्सी