२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् ५६ प्रतिशत बढी जनसंख्यालाई पूर्ण खोप लगाउने ८ देश

यी हुन् ५६ प्रतिशत बढी जनसंख्यालाई पूर्ण खोप लगाउने ८ देश


नयाँदिल्ली-१ सय करोड डोज कोभिड-१९ विरुद्धको खोप लगाउने भारत दोस्रो देश बनेको छ । बिहीबार भारतले यो आँकडा पूरा गरेको हो ।

भारतभन्दा बढी भ्याक्सिन केवल चीनले मात्रै लगाएको छ । चीनले हालसम्म २ सय २३ करोड डोज भ्याक्सिन नागरिकलाई दिइसकेको छ ।

कयौं देशहरुले आफ्नो देशको ५० प्रतिशत जनसंख्यालाई भ्याक्सिनेट गरिसकेका छन् । जसमध्ये केही देशहरु मास्क फ्री भइसकेका छन् । संसारको ४९.९ प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको पहिलो डोज भ्याक्सिन लगाइसकेको छ ।

संसारको ३७ प्रतिशत जनसंख्याले दुवै डोज भ्याक्सिन लगाइसकेको छ ।

जुनले देशमा मास्क फ्री गरिएको छ । ती देशहरुमा ५० प्रतिशत बढी जनसंख्याले कोभिड—१९ विरुद्धको भ्याक्सिन लगाएको छ ।

आवरवल्र्डइनडाटाओआराजीकाअनुसार चीनमा ७१ प्रतिशत, इटलीमा ७० प्रतिशत, बेलायतमा ६७ प्रतिशत, स्वीडेनमा ६७ प्रतिशत, हंगेरीमा ५९ प्रतिशत, साउदी अरबमा ५८ प्रतिशत, न्युजिल्याण्डमा ५७ प्रतिशत र अमेरिकामा ५६ प्रतिशत जनसंख्याले दुवै डोज भ्याक्सिन लगाइसकेका छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ