ब्रेस्ट क्यान्सर जितेकी ३६ वर्षीया जेसिका बलदाद ती महिलालाई सहयोग गरिरहेकी छन् । जो ब्रेस्ट क्यान्सरसँग लडिरहेका छन् । जेसिकाले एउटा यस्तो एप विकसित गरेकी छन्, जो ब्रेस्ट क्यान्सर पत्ता लगाउन सहयोग गर्छ ।
उनले उक्त एपको नाम ‘फील फर योर लाइफ’ राखेकी छन् । यो एपले ब्रेस्ट क्यान्सरको स्थितीलाई ट्रयाक गर्ने बताइएको छ । एपले महिलालाई नोटिफिकेसन पठाएर जरुरी जाँच र सावधानीका बारेमा बताउने काम गर्छ । ब्रेस्ट क्यान्सर संसारभरका महिलाहरुमा देखिने आम क्यान्सर हो । महिला मृत्युको यो दोस्रो ठूलो कारण मानिन्छ ।
जेसिका भन्छिन्, ‘जतिबेला म कलेजमा थिए, मेरो शरीरमा ब्रेस्ट क्यान्सर सुरु भयो । म जागरुक थिए र नियमित ब्रेस्ट क्यान्सरको परीक्षण गर्थे । यही दौरान मलाई ब्रेस्ट क्यान्सरजस्तो गाठो महसुस भयो । तर, त्यो गाँठो क्यान्सर थिएन र डाक्टरकोमा गएर उपचार सुरु गरे । शल्यक्रिया गरेर चिकित्सकहरुले गाँठो निकालिदिए ।’
यो घटनापछि उनी आफू एलर्ट भएको बताउँछिन् । त्यसपछि पनि उनले नियमित ब्रेस्ट क्यान्सर जाँच गर्न छोडिनन् । केही समयपछि पुनः दोस्रो पटक उनको गाँठो महसुस गरिन् । यस पटक जाँच गराएपछि उनमा क्यान्सर पुष्टि भयो । तर, उनलाई चिकित्सकहरुले सिधैं केही भनेनन् । ‘त्यसपछि म पुनः अर्को चिकित्सक कहाँ गए । उनले कयौं पटकको अल्ट्रासाउण्डपछि क्यान्सर भएको बताए ।’
त्यसपछि आफू निकै डराएको उनको सुनाइन् । त्यतिबेला उनी आफ्नी काकीको अन्तिम संस्कार पनि जान सकिनन्, जसको मृत्यु ब्रेस्ट क्यान्सरकै कारण भएको थियो । उनलाई विस्तारै परिवारलाई निराश बनाउन थालेकोजस्तो लाग्न थाल्यो । उपचारका दौरान केमोथेरापी १६ पटक गरियो । दुई पटक मास्टेक्टोमी गरियो । कुल २५ घण्टामा रेडियसनमा बित्यो । त्यसपछि उनको फ्लैप रिन्कस्टक्सन सर्जरी भयो । शल्यक्रियाका दौरान पेटबाट फ्याट टिस्यु र रक्त बाहिनीको सहयोगले ब्रेस्टलाई आकार दिइयो ।
जेसिका एक व्यवसायिक एप डेभलपर हुन् । तर, मानिसहरुलाई सहयोग गर्नु उनको जुनुन हो । आफूलाई परेको आपतबाट पाठ सिकेर उनले ब्रेस्ट क्यान्सर थाहा पाउन सहयोगी एप विकास गरेकी हुन् ।
–एजेन्सी