२६ अप्रिल १२४७ मा तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रण गर्न एउटा इस्लामिकको कडा कानुन बनायो । यसमा कुनै शंका छैन कि मारकाट, अत्याचार र गाली सार्वजनिक गर्नमा एमनेस्टी इन्टरनेशनलको महत्वपूर्ण भूमिका छ । तर, केही महिनादेखि उनीहरुको व्यवहार हदभन्दा पनि बाहिर छ ।
स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा महिलाहरुलाई काम गर्न छुट दिइएको छ । यद्यपी काम गर्न भने जटिल र दमनकारी अवस्था छ । पूरा सहरको अस्पताल र क्लिनिकमा महिला स्वास्थ्यकर्मी विना हस्तक्षेप काम गर्न पाउँदथे । तर, महिला स्वास्थ्यकर्मीलाई दैनिकजसो क्रुर व्यवहारको सामना गर्नुपर्छ । तालिवानमा सार्वजनिक रुपमै डाक्टरलाई अपमानजनक व्यवहार गरिन्छ ।
विशेष रुपमा महिलाहरु हालै स्वास्थ्य, शिक्षा र रोजगार र अन्य स्वतन्त्रतामाथि गम्भीर प्रतिबन्धको सामना गरिरहेका छन् ।
विश्वमा कयौं देशहरु छन् जहाँ चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानपूर्ण व्यवहार गरिन्छ । काबुलमा लगभग १५० सहायताकर्मी छन् । उत्पीडन र प्रतिबन्धजस्ता कुराहरु विशेष रूपमा महिला कर्मचारीमाथि हुने गर्छ । तर, थोरै घटनाको मात्रै कुराकानी र सम्झौताको माध्यमबाट हल गरिन्छ ।
अफगानिस्तानमा करिब २० वर्षदेखि द्वन्द्व चलिरहेको छ । काबुलको लगभग ४० प्रतिशत भूभागको पूर्वाधार भत्किएको छ । काबुलमा तालिबान आउनुअघि ३ वर्षसम्म चोरी, लुटपाट, बलात्कार र यातना आम कुरा भैसकेको थियो । वर्तमान समयमा भने चोरीका घटना दुर्लभ छन् ।
तालिबानहरु बलात्कार गर्दैनन् । जसले गर्छ त्यसलाई सजाय दिइन्छ । लडाइ भैरहेको बाहेक सबै ठाउँमा यात्रा गर्नु सम्भव मानिन्छ ।
(६ सेप्टेम्बर १९९६ मा द लान्सेटमा प्रकाशित विलियमको यो लेख अहिले तालिवान पुनः अफगानिस्तानको सत्तातर्फ केन्द्रित भइरहेका बेला सान्दर्भिक हुने ठानी भावानुवाद गरिएको हो ।)