पुणे—भारतको पुणेमा एक जना महिला डाक्टरको भिडियो खिच्न बाथरुमदेखि बेडरुमसम्म हिडन क्यामरा राखिएको पाइएको छ । जबकी ती महिला चिकित्सकलाई यस कुराको भनकसम्म पनि थिएन् ।
जब ती चिकित्सक घर पुगिन् । उनले लाइट बाल्न खोजिन् । तर, उनको लाइट जलेन । त्यसपछि ती चिकित्सकले इलेक्ट्रीसियनलाई बोलाएपछि हिडन क्यामरा राखिएको रहस्य खुलासा भएको थियो ।
उक्त केसको अनुसन्धान संलग्न प्रहरी टोलीले खुफिया शैलीमा हिडन क्यामरा लगाएको आशंकामा एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।
भारतीय विद्यापीठ अस्पतालमा कार्यरत महिला चिकित्सक पुणेको कात्रज इलाकामा अस्पताल परिसरमा बनेको घरमा बस्छिन् । ६ जुलाईमा महिला चिकित्सकको घरमा कुनै अज्ञात व्यक्तिले नक्कली चाबीको मद्धतले ताला खोलेर बाथरुमदेखि बेडरुमसम्म क्यामरा लगाएका थिए ।
महिला चिकित्सक कामबाट घर फर्केर लाइट बाल्दा नबलेपछि इलेक्टीसियनलाई बोलाइन् । इलेक्टीसिनयले बत्ती चेक गर्दा हिडन क्यामरा लगाइएको कुरा पर्दाफास भयो । त्यसपछि विद्यापीठ क्षेत्रको प्रहरी कहाँ उक्त केसबारे उजुरी दर्ता गरियो ।
पुलिसले ती चिकित्सक बस्ने घरमा गएर क्यामरा कब्जामा लियो । रोचक कुरा त के भने गलत सोचका साथ लगाइएको उक्त क्यामरामा लगाउने आरोपी चिकित्सकको तस्विर कैद भएको पाइयो । प्रहरीको शंकाको सुई—एमडी डाक्टर सुजीत जगतापमाथि थियो ।
४२ वर्षीय ती आरोपी चिकित्सकलाई सोधपुछका लागि पुलिस स्टेशनमा बोलाइयो । सुरुमा त ती चिकित्सकले क्यामराबारे आफूलाई कुनै जानकारी नभएको दावी गरे । पुलिसले उनको असलियत देखाएपछि डा. जगताप आफूले महिला चिकित्सकको बेडरुम र बाथरुममा क्यामरा लगाएको स्वीकार गरेका थिए ।