२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमखँ त्वाःमा ४० जनाले गरे रक्तदान

मखँ त्वाःमा ४० जनाले गरे रक्तदान


काठमाडौं-नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं-२४ मखँ त्वाःले रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । शनिबार काठमाडौं महानगरपालिका-२४ मखँ त्वाःमा रक्तदान कार्यक्रम ४१ जनाले रक्तदान गरेका थिए ।

काठमाडौं महानगरपालिका-२४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र महानगरीय प्रहरी वृत्त,जनसेवाका प्रमुख डिलबहादुर मल्लको उक्त रक्तदान कार्यक्रमा विशेष उपस्थिती रहेको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२४ वडा समितिका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालन सो रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई विशेष अतिथि काठमाडौ महानगरपालिका वडा नं २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले खादा ओढाएर अभिनन्दन गरेका थिए ।

कार्यक्रमको संयोजनमा अहम् भूमिका निर्वाह गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२० का नगर समितिका अध्यक्ष राम रञ्जितलाई पनि खादा ओढाएर सम्मान गरिएको थियो। उक्त कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रशंसा पत्र प्रदान गरेका थिए ।

‘रगत दिउँ, जगत सुरक्षित राखौं’ विश्व रक्तदाता दिवस १४ जुनका लागि विश्व स्वास्थ्य संगठनबाट तय गरिएको नाराका साथ कार्यक्रममा प्रमुख आतिथ्यता जनाएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६ औं पटक रक्तदान गरेर कार्यक्रम समापन गरिएको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ